ताजा समाचार

सार्क सम्मेलन आयोजना गर्न पाकिस्तानको सर्त : ‘कृत्रिम अवरोध’लाई हटाइनुपर्छ

एजेन्सि । पाकिस्तानले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को शिखर सम्मेलन आयोजना गर्नेबारे सर्त राखेको छ ।

सार्क महासचिव एसला रुवान विराक्कुनसँग २२ डिसेम्बरमा भएको भेटवार्तामा पाकिस्तानी विदेशमन्त्री शाह मोहम्मद कुरेसीले सार्क सम्मेलन आयोजना गर्न पाकिस्तान प्रतिबद्ध रहेको बताए ।

उक्त भेटमा विदेशमन्त्री कुरेसीले सार्कप्रति पाकिस्तानको बलियो सहयोग रहेको बताउँदै सार्क प्रक्रियालाई गतिशिल ढंगले अघि बढाउन आग्रह गरेका थिए ।

‘तर, सम्मेलन आयोजना गर्ने बाटोमा खडा गरिएको कृत्रिम अवरोधलाई हटाइनुपर्छ’ भेटपछि पाकिस्तानी विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

पाकिस्तानी विदेशमन्त्रीले भनेजस्तो ‘कृत्रिम अवरोध’को को संकेत भारततर्फ लक्षित रहेको बुझ्न कठिन छैन । पाकिस्तानको तर्फबाट सीमापार आतंकवाद भैरहेको आरोप भारतले लगाउने गरेको छ ।

भारत र पाकिस्तानबीचको तनावकै कारण सन् २०१६ नोभेम्बरमा इस्लामबादमा हुने भनिएको सार्क सम्मेलन स्थगित भएको थियो । भारतले भाग नलिने निर्णय गरेपछि बंगलादेश, भुटान र अफगानिस्तानले पनि सहभागी हुन अस्वीकार गरेका थिए ।

सार्कको १८ औं शिखर सम्मेलन सन् २०१४ मा काठमाडौंमा भएयता सार्क सम्मेलन हुन सकेको छैन । भने, नेपालले पनि सार्क अध्यक्ष मुलुकको हैसियतमा गतिशिल भूमिका खेल्न सकेको छैन ।

अफगानिस्तानको सत्तामा तालिबान फर्किएपछि सार्क थप प्रभावित बन्न पुगेको छ । पाकिस्तानबाहेक सार्कका अन्य देशले तालिबान सरकारलाई वैधता दिएका छैनन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org