ताजा समाचार

ओलीद्वारा संखुवासभा जिल्ला अधिवेशनकाे उद्घाटन (तस्बिरहरू)

काठमाडाैँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीकाे ८औं संखुवासभा  जिल्ला अधिवेशनकाे उद्घाटन गरेका छन् ।

ओलीले सोमवार अधिवेशनकाे उद्घाटन गरेका हुन् ।

पूर्वप्रधानमन्त्री ओली आज हेलिकप्टरबाट सङ्खुवासभाको सदरमुकाम खाँदबारी आइपुगेका हुन् ।

उनका साथमा एमालेका उपाध्यक्ष विष्णु पौडेललगायत नेताहरु रहेका छन् । उनीहरुलाई  एमालेका स्थायी कमिटीका सदस्य एवं सांसद राजेन्द्र गौतम, एमालेका प्रदेश नं १ का अध्यक्ष तुल्सीप्रसाद नेउपाने, सङ्खुवासभा जिल्लाध्यक्ष जीतबहादुर घिमिरे लगायतले स्वागत गरेका छन् ।

खाँदबारी नगरपालिका–१ स्थित टुँडिखेलमा उद्घाटन भएको अधिवेशनको बन्दसत्र खाँदबारी–३ कृषि बजारमा हुनेछ । उद्घाटनका अवसरमा दुई वडाध्यक्षसहित विभिन्न पार्टीबाट एमालेमा प्रवेश गर्ने कार्यक्रम छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org