ताजा समाचार

देशमा परिवर्तन चाहने एकमात्रै बामपन्थी पार्टी एमाले होः ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले बाहेकका दल बामपन्थी खोल ओढेर दक्षिणपन्थीको सेवामा समर्पित भएको बताएका छन् ।

एमाले संखुवासभाको जिल्ला अधिवेशन उद्घाटन समारोहमा बोल्दै ओलीले आफूलाई बामपन्थी भन्दै प्रतिक्रियावादीहरुको खेमामा रहेकाे दलहरुमा अलमल नगर्न पनि सबैलाई आग्रह गरेका छन् ।

देशमा परिवर्तन चाहने एकमात्रै बामपन्थी पार्टी एमाले भएको उल्लेख गर्दैै उनले भने, ‘बामपन्थी खोल ओढेका पार्टीमा साथीहरु अलमल नगर्नुहोस् । एमाले मात्रै परिवर्तन चाहने, देशमा उन्नती, प्रगति चाहने, सामाजिक न्याय र समानता दिने पार्टी हो । बामपन्थी खोल ओढेर प्रतिक्रियावादी काम गर्ने दक्षिणपन्थीको सेवामा समर्पित हुने, कम्युनिष्ट पार्टी फुटाउने, सरकार ढाल्ने र आफूलाई दक्षिणपन्थी खेमामा समाहित गर्ने तत्व र तीनका पार्टीमा नअल्मलिन आग्रह गर्छु ।’

अध्यक्ष ओलीले देश बनाउने अभिभारा एमालेको काँधमा रहे पनि त्यसलाई पूरा गर्न नदिन विभिन्न बाधा-अवरोध भइरहेको बताए ।

विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गर्नेहरुलाई पार्टीमा स्वागत गर्दै अध्यक्ष ओलीले माओवादी केन्द्र, कांग्रेसलगायत पार्टी परित्याग गरी एमाले बुझेर नै प्रवेश गरेको बताए ।

उनले एमाले प्रवेश गरेका नेताहरुलाई लक्षित गर्दै कहिले पनि कुनै पश्चाताप नहुने बताए । एमालेको कार्यकर्ता हुनु गौरवको विषय भएको ओलीको भनाइ छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org