ताजा समाचार

राष्ट्रियसभा निर्वाचन: मधेस प्रदेशमा एमाले र लोसपाबीच गठबन्धन

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनमा मधेस प्रदेशमा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच गठबन्धन गर्ने सहमति भएको छ ।

दुबै पार्टीको सहमतिअनुसार एमालेका उम्मेदवार उसमान अन्सारी र महिलातर्फ लोकतान्त्रिक समाजवादी पार्टीकी उम्मेदवार रुपाकुमारी यादवलाई एकअर्कालाई मतदान गर्ने भएका छन् ।

बिहीबार भएको सहमतिमा एमालेका मधेस प्रदेश अध्यक्ष राम औतार यादव र लोसपाका प्रदेश अध्यक्ष जितेन्द्र सोनलले हस्ताक्षर गरेका छन् ।

सत्तारुढ गठबन्धनमा काँग्रेस, माओवादी केन्द्र र जसपाबीच गठबन्धन भइसकेको छ। मधेश प्रदेशमा एमाले लोसपा गठबन्धन बनेपनि सत्ता गठबन्धन बलियो अवस्थामा रहेको छ। राष्ट्रिय सभा निर्वाचन माघ १२ गते हुँदैछ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org