ताजा समाचार

प्युठानमा बेहुला-बेहुलीसहित जन्ती सवार जीप दुर्घटना, आठजनाको मृत्यु

काठमाडाैँ । । प्युठानमा बेहुला-बेहुलीसहित जन्ती सवार जीप दुर्घटना हुँदा आठजनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक देवीप्रसाद गैरेले पाँच महिला र तीन पुरुष गरी आठजनाको मृत्यु भएको जानकारी दिए ।

अस्पतालमा दुई र घटनास्थलमा ६ जनाको मृत्यु भएको उनले बताए । मृतकको पहिचान खुलेको छैन । घाइते पाँचजनालाई अस्पताल लगिँदै छ ।

दुर्घटनास्थल निकै विकट भएकाले घाइतेको उद्धार गर्न तथा अस्पताल पुर्‍याउन कठिनाइ भएको प्रहरीले जनाएको छ ।

आज बिहान करिब ३ बजे प्युठानको नौबहिनी गाउँपालिकाको लुङ, बानेबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ जाँदै गरेको ग१ज ५०९२ नम्बरको जीप ओखरपाटामा दुर्घटनामा परेको थियो ।

जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख सत्यनारायण थापाका अनुसार सडकमा पहिरो गएका कारण जीप दुर्घटनामा परेको हो । जीप सडकदेखि करिब ३०० मिटर तल खोल्सामा खसेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org