कर्णालीमा मन्त्रिपरिषद् विस्तारमा सकस
सुर्खेत । कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले आइतबारसम्ममा मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।
तर सत्ता साझेदार दल समाजवादीले भने मन्त्रालयको भागवण्डामा असन्तुष्टि जनाउँदा मन्त्रीपरिषद् विस्तार गर्न सकस हुने देखिएको छ ।
तीन मन्त्रालयको दाबी गरेको समाजवादीलाई दुई मन्त्रालयमा थन्क्याउन खोजिएको भन्दै असन्तुष्टि जनाएको छ । गत वैशाख तीन गते फ्लोर क्रस गरेर तत्कालीन सरकार जोगाएको एकीकृत समाजवादी आफ्नो बलिदानीको मुल्यांकनगरी तीन मन्त्रालय पाउनुपर्ने दाबी गरेको छ । आठवटा मन्त्रालय रहेको कर्णालीमा केन्द्रीय नेतृत्वको सहमतिमा माओवादीले तीन काँग्रेसले मुख्यमन्त्रीसहित तीन र समाजवादीलाई दुई मन्त्रालय दिने सहमति गरेपछि समाजवादी कर्णाली प्रदेशले असन्तुष्टि जनाएको हो ।
आइतबार नै मन्त्रालय विस्तार हुन समस्या देखिएको एकीकृत समाजवादीका केन्द्रय सदस्य एंव प्रदेशसभा सांसद देवी वलीले बताइन् । ‘आइतबार मन्त्रिपरिषद् विस्तार हुँदैन । हाम्रोबाट त टुंगिएकै छैन’ वलीले भनिन्, ‘हाम्रा चार/चार जनाले बलिदानी गरेर पो मुख्यमन्त्री र मन्त्री हुन पाएका हुन् ।’
समाजवादीका नेता एंव प्रदेशसभा सांसद अम्मरबहादुर थापाले पनि आफूहरूले तीन मन्त्रालयको दाबी गरेको बताए । ‘केन्द्रबाट दुईवटा मन्त्रालय भन्ने आएको छ । यसको लागि छलफल गर्न माथि बोलाएका छन्’ थापाले भने, ‘यहाँ त्यागको केही मुल्यांकन नहुने भएकाले विग्रको छ नेपालमा ।’ थापाले काम गर्ने मान्छेलाई अपमान गर्ने प्रचलन रहेको बताए । गठबन्धनले वाइपास गरेको उनको आरोप छ ।
Comments
अरु समाचार
-
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा कर्णाली, व्यवस्थापन र पूर्वाधार निर्माणको दबाब
काठमाडौं । कर्णालीमा आगामी मङ्सिर २–९ गतेसम्म हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समय आउन अब करिब दुई महिना बाँकी छ...
-
जुम्लाका दुई पाटनमा चट्याङ पर्दा ७५ भेडा मरे
काठमाडौं। जुम्लाका छुट्टा छुट्टै पाटनमा एकैदिन परेको चट्याङमा परी ७५ भन्दाबढी भेडा मरेका छन् । जुम्लाको पातारासी गाउँपालिको चेप्टे पाटन...
-
कर्णालीका मुख्यमन्त्री कँडेलले साउन २१ गते विश्वासको मत लिने
काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले साउन २१ गते सोमबार दोस्रो पटक विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री...
-
बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा, बाँकीमा मध्यम
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । मनसुनको...
-
देशका विभिन्न ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षा
काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश भूभाग तथा लुम्बिनी...
-
मध्य तथा पश्चिम तराईमा तातो लहरको चेतावनी
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन (जेठ ३२ देखि असार २ गतेसम्म) मध्य तथा पश्चिम तराईमा...
-
आजदेखि सातवटै प्रदेशमा ‘श्रमाधान रोजगार मेला’
काठमाडौं । सरकारले आजदेखि सातवटै प्रदेशमा ‘श्रमाधान रोजगार मेला’ आयोजना गर्दैछ । सबै प्रदेशमा रोजगारदाता र श्रमिकहरूलाई एक ठाउँमा ल्याएर...
-
कोशी, कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशमा चट्याङसहित हल्का वर्षा
काठमाडौँ । नेपालमा हाल स्थानीय र पश्चिमी वायुका साथै विहार आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान...
-
केही पहाडी उच्च स्थानमा हिमपात र केही ठाउँमा वर्षा
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय र पश्चिमी वायुका साथै भारतको बिहार आसपास...