सुरु भयो २४ औँ बेइजिङ विन्टर ओलम्पिक
बेइजिङ । बेइजिङ शीतकालिन ओलम्पिक्स सुरु भएको छ ।
शीतकालको झल्को आउने र नीलो प्रकाशमा हिउँ चित्रित हुन खाले भव्य समारोहबीच राष्ट्रपति सी जिनपिङले ओलम्पिक सुरुआत भएको घोषणा गरे । ९० मुलुकका ३ हजार खेलाडीले प्रतियोगितामा भाग लिएका छन् ।
बेइजिङ सहर शीतकालिन र ग्रीष्मयाम ओलम्पिक आयोजना गर्ने पहिलो सहर बनेको छ । सन् २००८ मा बेइजिङले समर ओलम्पिक गेम आयोजना गरेको थियो । विन्टर ओलम्पिकको शुभारम्भ समारोहमा ५००० वर्ष पुरानो चिनियाँ सभ्यता झल्काउने झाँकी प्रस्तुत गरिएको थियो । शुभारम्भ समारोहमा बोल्दै चिनियाँ राष्ट्रपति सी जिनपिङले आफ्नो मुलुकलाई खेलकुद पावरहाउस बनाउने भनाई दोहोर्याए ।
कोरोना संकटको कारण ‘क्लोज्ड लुप’ भनिने ओलम्पिक भिलेजमा प्रतियोगिता आइरहेका छन् । उक्त थलोबाट खेलाडी र डेलिगेट्सलाई बाहिरी मानिसहरुको सम्पर्कमा जान दिइएको छैन । अन्तर्राष्ट्रिय फ्यानलाई पनि प्रतियोगितामा जान अनुमति दिइएको छैैन ।
आगामी शीतकालिन ओलम्पिक खेलकुद प्रतियोगिता इटालीका दुई सहरहरु मिलान र कोर्टिना डी अम्पेजोमा सन् २०२६ को फेब्रुअरी ६ देखि २२ सम्म आयोजना हुँदैछ ।
Comments
अरु समाचार
-
विश्वकप लिग–२: आज नेपाल र क्यानडा भिड्दै
काठमाडौं । क्यानडामा जारि विश्वकप लिग–२ अन्तर्गतका सुरुवाति दुई खेलका नतिजा आफ्नो पक्षमा पार्न असफल नेपाली क्रिकेट टोलीले आज चिरपचिरचित...
-
फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झर्यो
काठमाडौं । फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १७६औँ...
-
आईसीसी विश्वकप लिग–२ : नेपाल ओमनसँग पराजित
काठमाडौं । आईसीसी विश्वकप लिग–२ प्रतियोगितामा नेपाल ओमनसँग एक विकेटले पराजित भएको छ । नेपालले दिएको दुई सय २० रनको...
-
विश्वकप लिग-२: नेपालले आज चिरपरिचित प्रतिद्वन्दी ओमानसँग प्रतिस्पर्धा गर्दै
काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलाको आफ्नो दोस्रो खेलमा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ । क्यानडाको...
-
कमजोर ब्याटिङका कारण पहिलोपटक ओडीआईमा क्यानडासँग नेपालको हार
काठमाडौं । नेपाल आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजमा घरेलु टोली क्यानडासँग खराब ब्याटिङ गर्दै १०३ रनले पराजित भएको छ ।...
-
विश्वकप लिग–२ मा नेपालले आज घरेलु टोली क्यानडासँग प्रतिस्पर्धा गर्दै
काठमाडौं । आईसिसि विश्वकप लिग–२ मा नेपालले आज घरेलु टोली क्यानडासँग प्रतिस्पर्धा गर्दै छ । लिग–२ अन्तरगतको पहिलो खेल आज...
-
अस्ट्रेलियाविरुद्धको दोस्रो टी-२० प्रतिस्पर्धामा इंग्ल्यान्डलाई ३ विकेटको जित
इंग्ल्यान्ड । लियाम लिभिङस्टोनले आफ्नो ५० औं टी-२० अन्तर्राष्ट्रिय खेललाई यादगार बनाउँदै ब्याटिङ गरेपछि इंग्ल्यान्डले अस्ट्रेलियाविरुद्धको दोस्रो टी-२० प्रतिस्पर्धामा ३...
-
सामाजिक सञ्जालमा रोनाल्डोको इतिहास, एक अर्ब फलोअर्स पाउने पहिलो व्यक्ति
काठमाडौं । स्टार फुटबलर क्रिश्टियानो रोनाल्डोले सामाजिक सञ्जालको प्लेट फर्ममा एक अर्ब फलोअर्स प्राप्त गर्ने पहिलाे व्यक्ति बनेका छन् ।...
-
प्रधानमन्त्री ओलीबाट पदक विजेता पलेसालाई पुरस्कार प्रदान
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पेरिस पारा ओलम्पिक, २०२४ मा कास्य पदक विजेता पलेसा गोवर्द्धनसहित प्रशिक्षक र टिम व्यवस्थापकलाई...