ताजा समाचार

जनयुद्ध दिवसको अवसरमा स्नोकर टुनामेन्ट हुँदै

रुकुम पुर्व । रुकुम (पूर्व) मा जनयुद्ध दिवसको अवसर पारी स्नोकर टुनामेन्ट हुने भएको छ । फागुन १ गते पर्ने जनयुद्ध दिवसको अवसर पारी योङ कम्यूनीष्ट लिग वाइसीयल सिस्ने गाउँपालिकाले स्नोकर टुनामेन्टको आयोजना गर्न लागेको हो ।

जिल्लामा स्नोकरको खासै क्रेज छैन् । नयाँ खेल भित्र्याउने उदेश्यले जनयुद्ध दिवसको अवसर पारी स्नोकर टुनामेन्टको आयोजना गरिएको योङ कम्यूनीष्ट लिग वाइसीयलका जिल्ला संयोजक तिलक रेउले (भाष्कर) ले जानकारी दिए । यो खेल जिल्लामै पहिलो पटक आयोजना गर्न लागिएको उनले बताए ।

उनकाअनुसार टुनामेन्टमा प्रथम स्थान हासिल गर्नेलाई १५ हजार, दोस्रो स्थान हासिल गर्नेलाई १० हजार र तेस्रो स्थान हासिल गर्नेलाई पाँच हजार पुरस्कारको व्यवस्था गरिएको छ । खेलाडीले माघ २९ गतेसम्म नाम दर्ता गराउन सक्ने छन् । दर्ता शुल्क एक हजार तोकिएको छ । टुनामेन्ट फागुन १ गते दिउसो ११ बजे उद्धघाटन हुने बताइएको छ ।।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org