ताजा समाचार

नेपालले युएईमा त्रिकोणात्मक सिरिज खेल्ने

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग दुई अन्तर्गत युनाईटेड अरब इमिरेट्स (युएई) मा नेपाल, पपुआ न्यू गिनी (पीएनजी) र आयोजक युएईबीच मार्चमा त्रिकोणात्मक एकदिवसिय सिरिज हुने भएको छ ।

लिग अन्तर्गतको त्रिकोणात्मक सिरिज मार्च १५ देखि २२ तारिखसम्म हुने तालिका रहेको छ ।

नेपालले आफ्नो पहिलो खेल मार्च १६ मा पीएनजीविरुद्ध खेल्ने छ ।

नेपालले दोस्रो खेल युएईविरुद्ध मार्च १८ मा तथा तेस्रो खेल युएईविरुद्ध नै २१ मा खेल्ने तालिका रहेको छ ।

नेपालले चौथों तथा अन्तिम खेल मार्च २२ मा पीएनजीविरुद्ध खेल्ने तालिका अन्तर्राष्ट्रिय संचारमाध्यममा प्रकाशित भएका छन् ।

तर नेपाल क्रिकेट संघ (क्यान) ले भने यसबारे औपचारिक जानकारी भने नभएको जनाएको छ ।

क्यानका क्रिकेट म्यानेजर विनोद दासले युएईमा खेल हुने कुरा भएपनि आधिकारीक रुपमा जानकारी नभएको बताए ।

लिग अन्तर्गत नेपालले सबैभन्दा कम केवल ८ खेल खेलेको जसमध्ये केवल चार खेलमा जित हात पारेको छ ।

सात देशको सहभागिता रहेको लिग दुईमा नेपाल आठ अकसहित छैठौ स्थानमा रहेको छ ।

यता २२ खेलमध्ये १४ जित हात पार्दै २९ अंकसहित ओमान शीर्ष स्थानमा रहेको छ ।

स्कटल्यान्ड (१६ अंक), अमेरिका (१४), युएई (११) तथा नामिविया (१०) दोस्रो देखि पाँचौ स्थानमा रहदा पीएनजीले खेलेका १२ वटै खेलमा पराजय भोगेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org