ताजा समाचार

नेपाल थाइल्याण्डसँग मैत्रिपूर्ण फुट्बल खेल्दै

काठमाडाैँ । नेपाल थाइल्याण्डसँग मैत्रिपूर्ण फुट्बल खेल्ने भएको छ । अखिल फुट्बल संघ एन्फाले थाईल्याल्न सँग उसैको मैदानमा मैत्रिपूण खल खेल्ने जानाएको छ ।

राष्ट्रिय फुट्बल टिम थाइल्याण्डसँग मार्च २४ मा खेल्नेछ । यस्तै नेपालले थाइल्याण्डको क्लब चोनबरी एफसीसँग पनि मैत्रीपूर्ण खेल खेल्नेछ । जुन खेल मार्च २७ मा हुनेछ ।

एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेल अघि नेपालले थाइल्याण्डसँग खेल्न लागेको हो । यि दुबै खेल चोनबरीमा हुने एन्फाले जनाएको छ ।

छनोटमा नेपाल समूह ए मा रहेको छ। नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् । नेपालको समूहको छनोट खेलहरु कुवेतमा आयोजना हुनेछ ।

एएफसीले छनोटमा सहभागी २४ टोलीलाई ६ समूहमा विभाजन गरेको हो । हरेक समूहका शीर्ष टोली र ५ समूहको उत्कृष्ट दोस्रो टोली चीनमा आयोजना हुने एसियन कप २०२३ मा छनोट हुने छन् ।

छनोट खेलहरु भने जुन ८ देखि १४सम्म हुनेछ । नेपालले जुन ८ मा जोर्डनसँग खेल्दै छनोटको सुरुवात गर्ने छ । भने दोस्रो खेल भने जुन ११ मा नेपालले कुवेतको सामना गर्ने छ । फेरी नेजालले जुन १४ मा इन्डोनेसिया सँग खेल्ने छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org