मेसीका लागि बार्सिलोनाको ढोका सँधै खुला रहनेछ : जाभी
काठमाडौं । बार्सिलोनाका मुख्य प्रशिक्षक जाभी हर्नान्डेजले आफु प्रशिक्षक रहुनजेल लियोनेल मेसीलाई सँधैं बार्सिलोनामा स्वागत गर्ने प्रतिक्रिया दिएका छन् ।
जाभीले आइतबार आयोजित एल क्लासिकोको प्रेस कन्फरेन्समा भने, ‘मेसीका लागि बार्सिलोनाको ढोका सँधै खुला रहन्छ यो उनले कमाएको हो।’
‘ म यहाँ प्रशिक्षक रहुनजेल उनी जहिले चाहे पनि आउन सक्छन् । ट्रेनिङ हेर्न होस् या प्रशिक्षकसँग कुरा गर्न । उनले हामीमाथि गरेको योगदान अमूल्य छ । उनी इतिहासकै उत्कृष्ट खेलाडी हुन्, उनले थपे ।
‘मेसी क्लबबाट ठूलो सम्मान पाउनका लागि योग्य छन् । तर, उनको अहिले पेरिस सेन्ट जर्मन (पीएसजी)सँग सम्झौता छ । मलाई लाग्छ उनले दुई वर्षका लागि सम्झौता गरेका हुन्,’जाभीले भने ।
मेसीले गतवर्ष नयाँ सम्झौता गर्न असफल भएपछि बार्सिलोना छोडेका थिए । उनी फ्रि–एजेन्टको रुपमा पीएसजीसँग आबद्ध भएका थिए ।
पीएसजीले लिग वान जित्ने पाक्कानै छ । तर, च्याम्पियन्सलिगमा भने अन्तीम १६ बाट नै बाहिरिसकेको छ । मेसीले चोटका कारण मोनाकोसँगको खेल गुमाउनेछन् । उनले पीएसजीका लागि खेलेका सबै खेलहरुबाट कुल सात गोल गरेका छन् ।
Comments
अरु समाचार
-
हर्षल पाठक नेपाली महिला क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त
काठमाडौं । हर्षल पाठक नेपाली महिला राष्ट्रिय क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । उनलाई क्यानले मुख्य प्रशिक्षक नियुक्त...
-
एसिया कप : बंगलादेशविरुद्ध ब्याटिङ गर्दै नेपाल
काठमाडौं । एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत दोस्रो खेलमा नेपालले बंगलादेशविरुद्ध सुरुमा ब्याटिङ गर्दैछ। टस जितेर बंगलादेशले फिल्ड रोजेपछि...
-
एनपीएलको उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी आमनेसामने हुँदै
काठमाडौं । काठमाडौंमा जारी जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेल आज हुँदै छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय...
-
एसिसी यु–१९ एसिया कपमा आज श्रीलंकासँग भिड्दै नेपाल !
काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई)मा जारी एसिसी पुरुष यु–१९ एसिया कप क्रिकेटमा आज नेपालले श्रीलंकासँग खेल्दैछ । खेल द...
-
एनपीएल-२ : विराटनगरलाई ४० रनको जित निकाल्दै लुम्बिनी फाइनलमा
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा प्रवेश गरेको छ । दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई ४० रनको जित निकाल्दै लुम्बिनी...
-
एनपीएल-२ : दोस्रो क्वालिफायरमा आज विराटनगर र लुम्बिनी भिड्दै
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा आज विराटनगर किंग्स र लुम्बिनी लायन्सबीच खेल हुँदै छ । कीर्तिपुरस्थित त्रिवि...
-
एनपीएलमा आज काठमाडौं गोर्खाज र लुम्बिनी लायन्सबीच खेल हुँदै !
काठमाडाैं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणमा आइपुग्दा पहिलोपटक प्लेअफको यात्रा तय गर्न सफल भएका दुई...
-
एनपिएलमा पहिलो क्वालिफायरः सुदूरपश्चिम र विराटनगरबिच प्रतिस्पर्धा गर्दै !
काठमाडौँ । टियु क्रिकेट मैदान कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)को आज पहिलो क्वालिफायर खेल हुँदैछ । पहिलो क्वालिफायरको खेल...
-
एनपिएलः आज खेल नहुने
काठमाडाैं । काठमाडाैंकाे कीतिर्पुर अवस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज कुनै खेल...












