ताजा समाचार

मैत्रीपूर्ण खेलका लागि थाइल्यान्ड जाने फुटबल टोलीको बिदाइ

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोली थाइल्यान्डको राष्ट्रिय टोली र चोङ्बुरी एफ् सीसँगको मैत्रीपूर्ण खेलका लागि सोमबार थाइल्यान्ड प्रस्थान गर्दै छ ।

नेपाली टोलीलाई आइतबार आयोजित एक कार्यक्रमबिच राखेप निमित्त सदस्य सचिव कुल बहादुर थापा, एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा लगायत पदाधिकारहरूले बिदाइ गरे ।

नेपालले पहिलो खेल मार्च २४मा थाइल्यान्ड राष्ट्रिय टोली र दोस्रो खेल मार्च २७ मा चोङ्बुरी एफ् सीसँग खेल्दैछ ।

बिदाइ कार्यक्रममा बोल्दै निमित्त सदस्य सचिव थापाले देशका लागि प्रतिबद्ध भएर खेल्नु भन्दै खेलाडीहरूलाई शुभकामना दिए ।

यस्तै मुख्य प्रशिक्षक अबदुल्ला अल्मुताईरीले मैत्रीपूर्ण खेल भएकाले धेरै सोच्नु नपर्ने प्रतिक्रिया दिएका छन् ।

नेपालले यसअघि तीन पटक थाइल्यान्डको सामना गरेको छ ।

अन्तिम पटक २००८ मा ७० को पराजय बेहोरेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org