ताजा समाचार

एल क्लासिको: रियालमाथि बार्सिलोनाको सानदार जीत

काठमाडौं । पिअर इमरिक औभमयाङको दुई गोल प्रेरित रियाल मड्रिडलाई ४–० गोलको नतिजामा पराजित गर्दै बार्सिलोना लिग तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।

रियालको घरेलु मैदान सान्तियागो बर्नाबेउमा भएको खेलमा सानदार जीत निकाल्दै बार्सिलोनाले रियालसाँगको लगातार पाँच हारको शृङखलामा पूर्णविराम लगाएको छ ।

खेलको २९औं मिनेटमा औभमयाङको गोलमा अग्रता बनाएको बार्सिलोनाले ३८औं मिनेटमा रोनाल्ड अराजोको गोलमा अग्रता दोब्बर बनाएको थियो ।

पहिलो हाफमा रियालमाथि दबाब बनाएको बार्सिलोनाले दोस्रो हाफमा पनि उत्तिकै उत्कृष्ट प्रदर्शन गरेको थियो ।

फेरन टोरेसले ४७औं मिनेटमा गोल गरेसँगै बार्सिलोनाले तीन गोलको अग्रता बनाएको थियो ।

औभमयाङले ५१औं मिनेटमा गरेको गोल बार्सिलोनाको जीतका लागि पर्याप्त बन्यो । बार्सिलोना यसअघिका १० खेलमा अपराजित छ ।

जितसँगै बार्सिलोना २८ खेलबाट ५४ अंकसहित तालिकोको तेस्रो स्थानमा उक्लिएको छ । पराजित रियाल २९ खेलबाट ६६ अंकसहित तालिकाको शीर्ष स्थानमा छ ।

दोस्रो स्थानको सेभिल्लाको ५७ अंक छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org