पारस खड्का बने दशककै उत्कृष्ट खेलाडी
काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का दशककै उत्कृष्ट खेलाडी घोषित भएका छन् ।
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले मंगलबार आयोजना गरेको १८औं संस्करणको पल्सर स्पोर्टस अवार्ड समारोहमा पारस पुरुषतर्फ प्लेअर अफ दि डिकेड घोषित भए । टिमकै कारण आफू यो अवार्ड पाउन सफल भएको भन्दै पारसले यो अवार्ड क्रिकेट टिमलाई समर्पित गरे । उनले भने, ‘टिम बिना म केही होइन, सबै टिमकै कारण संभव भएको हो ।’
कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण निर्धारित समयभन्दा केही ढिला आयोजना भएको अवार्डलाई मञ्चले यसपटक ‘दशक अवार्ड’ को रूपमा आयोजना गरेको हो ।
वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला र वर्ष प्रशिक्षकको विधामा केही परिमार्जन गर्दै यस पटक यी तीन विधामा दशककै उत्कृष्ट खेलाडीलाई अवार्ड प्रदान गरिएको हो । दशककै उत्कृष्ट खेलाडी बनेका पारसले बजाज पल्सर मोटरबाइक प्राप्त गरेका छन् । पछिल्लो एक दशकमा नेपालको पुरुष क्रिकेट टिमले आईसीसी टी२० विश्वकप खेल्यो । नेपालले सन् २०१४ मा बंगलादेशमा टी-२० विश्वकपमा डेब्यु गर्दा पारसकै कप्तानीमा नेपालले खेलेको थियो । यस्तै सन् २०१८ मा नेपालले पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पनि पारसकै कप्तानीमा पाएको थियो ।
पारसकै कप्तानीमा नेपालले सन् २०१९ मा युएई विरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय र टी२० श्रृंखला जितेको थियो । त्यसअघि नेपालले नेदरल्याण्ड्स विरुद्ध खेलेको पहिलो श्रृखंलामा नेपालले एक खेल जित्दा पारस नै कप्तानीमा थिए ।
पछिल्लो दशक नेपालले अन्तर्राष्ट्रिय त्रेकमा हात पारेको सबै सफलतामा पारस त्यसको साक्षी दिए । पारसले सर्वाधिक चार पटक पल्सर अवार्डमा समेत उत्कृष्ट भएका थिए ।
Comments
अरु समाचार
-
हर्षल पाठक नेपाली महिला क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त
काठमाडौं । हर्षल पाठक नेपाली महिला राष्ट्रिय क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । उनलाई क्यानले मुख्य प्रशिक्षक नियुक्त...
-
एसिया कप : बंगलादेशविरुद्ध ब्याटिङ गर्दै नेपाल
काठमाडौं । एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत दोस्रो खेलमा नेपालले बंगलादेशविरुद्ध सुरुमा ब्याटिङ गर्दैछ। टस जितेर बंगलादेशले फिल्ड रोजेपछि...
-
एनपीएलको उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी आमनेसामने हुँदै
काठमाडौं । काठमाडौंमा जारी जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेल आज हुँदै छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय...
-
एसिसी यु–१९ एसिया कपमा आज श्रीलंकासँग भिड्दै नेपाल !
काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई)मा जारी एसिसी पुरुष यु–१९ एसिया कप क्रिकेटमा आज नेपालले श्रीलंकासँग खेल्दैछ । खेल द...
-
एनपीएल-२ : विराटनगरलाई ४० रनको जित निकाल्दै लुम्बिनी फाइनलमा
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा प्रवेश गरेको छ । दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई ४० रनको जित निकाल्दै लुम्बिनी...
-
एनपीएल-२ : दोस्रो क्वालिफायरमा आज विराटनगर र लुम्बिनी भिड्दै
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा आज विराटनगर किंग्स र लुम्बिनी लायन्सबीच खेल हुँदै छ । कीर्तिपुरस्थित त्रिवि...
-
एनपीएलमा आज काठमाडौं गोर्खाज र लुम्बिनी लायन्सबीच खेल हुँदै !
काठमाडाैं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणमा आइपुग्दा पहिलोपटक प्लेअफको यात्रा तय गर्न सफल भएका दुई...
-
एनपिएलमा पहिलो क्वालिफायरः सुदूरपश्चिम र विराटनगरबिच प्रतिस्पर्धा गर्दै !
काठमाडौँ । टियु क्रिकेट मैदान कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)को आज पहिलो क्वालिफायर खेल हुँदैछ । पहिलो क्वालिफायरको खेल...
-
एनपिएलः आज खेल नहुने
काठमाडाैं । काठमाडाैंकाे कीतिर्पुर अवस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज कुनै खेल...












