नेपाल–पीएनजी फाइनलः नेपालको पहिला ब्याटिङ
काठमाडौँ । नेपालले त्रिकोणात्मक ट्वान्टी २० शृंखलाको फाइनलमा पहिला ब्याटिङ गर्ने भएको छ । पपुवा न्यु गिनी (पीएनजी) ले टस जितेपछि पहिला फिल्डिङ गर्ने निर्णय गरेको हो ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपाली टोलीमा एक परिवर्तन गरिएको छ । कमलसिंह ऐरीको स्थानमा सोमपाल कामीलाई टोलीमा फिर्ता बोलाएको छ ।
मलेसियासँगको अन्तिम खेलमा सोमपाललाई आराम दिँदै कमललाई मौका दिइएको थियो । दुई ओभर बलिङ गर्दै २ विकेट लिएका कमल फिल्डिङका क्रममा काँधमा चोट बोकेर मैदान बाहिरिएका थिए । आइतबार कमलको काँधको शल्यक्रिया गरिएको थियो र उनी ६ साता मैदान बाहिर रहने छन् ।
नेपालबाट सन्दीप लामिछाने (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, मोहम्मद आदिल अलाम, दीलिप नाथ, करण केसी, सोमपाल कामी, अविनाश बोहरा खेलिरहेका छन् ।
नेपाल अपराजित रहि फाइनलमा उत्रिएको हो । नेपालले राउन्ड रोबिनका चार खेलमा पीएनजी र मलेसियालाई २/२ पटक पराजित गरेको थियो । पीएनजीसँगको दुई खेलमा नेपालले क्रमशः १५ र ३७ रनको विजय हात पारेको थियो ।
कप्तान सन्दीप लामिछाने २२ रन खर्चेर ३ विकेट लिँदै पीएनजीसँग राउन्ड रोबिनको पहिलो खेलमा प्लेयर अफ द म्याच बनेका थिए । पीएनजीसँगको दोस्रो खेलमा दीपेन्द्रसिंह ऐरीले ३३ बलमा ६६ रन बनाएका थिए भने बलिङमा करण केसीले ह्याट्रिक विकेट लिनुका साथै ५ विकेट पुरा गरेका थिए ।
पीएनजीले ४ मध्येको ३ खेलमा पराजित भए पनि मलेसियालाई रन रेटमा उछिन्दै नेपालसँगको फाइनल खेलिरहेको छ । अक्टोबरमा यूएईमा भएको विश्वकप खेलेयता पहिलोपटक ट्वान्टी २० मा खेलिरहेका पीएनजी जुलाईमा हुने ट्वान्टी २० विश्वकप छनोटको तयारीको रुपमा रहेको छ ।
Comments
अरु समाचार
-
हर्षल पाठक नेपाली महिला क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त
काठमाडौं । हर्षल पाठक नेपाली महिला राष्ट्रिय क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । उनलाई क्यानले मुख्य प्रशिक्षक नियुक्त...
-
एसिया कप : बंगलादेशविरुद्ध ब्याटिङ गर्दै नेपाल
काठमाडौं । एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत दोस्रो खेलमा नेपालले बंगलादेशविरुद्ध सुरुमा ब्याटिङ गर्दैछ। टस जितेर बंगलादेशले फिल्ड रोजेपछि...
-
एनपीएलको उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी आमनेसामने हुँदै
काठमाडौं । काठमाडौंमा जारी जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेल आज हुँदै छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय...
-
एसिसी यु–१९ एसिया कपमा आज श्रीलंकासँग भिड्दै नेपाल !
काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई)मा जारी एसिसी पुरुष यु–१९ एसिया कप क्रिकेटमा आज नेपालले श्रीलंकासँग खेल्दैछ । खेल द...
-
एनपीएल-२ : विराटनगरलाई ४० रनको जित निकाल्दै लुम्बिनी फाइनलमा
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा प्रवेश गरेको छ । दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई ४० रनको जित निकाल्दै लुम्बिनी...
-
एनपीएल-२ : दोस्रो क्वालिफायरमा आज विराटनगर र लुम्बिनी भिड्दै
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा आज विराटनगर किंग्स र लुम्बिनी लायन्सबीच खेल हुँदै छ । कीर्तिपुरस्थित त्रिवि...
-
एनपीएलमा आज काठमाडौं गोर्खाज र लुम्बिनी लायन्सबीच खेल हुँदै !
काठमाडाैं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणमा आइपुग्दा पहिलोपटक प्लेअफको यात्रा तय गर्न सफल भएका दुई...
-
एनपिएलमा पहिलो क्वालिफायरः सुदूरपश्चिम र विराटनगरबिच प्रतिस्पर्धा गर्दै !
काठमाडौँ । टियु क्रिकेट मैदान कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)को आज पहिलो क्वालिफायर खेल हुँदैछ । पहिलो क्वालिफायरको खेल...
-
एनपिएलः आज खेल नहुने
काठमाडाैं । काठमाडाैंकाे कीतिर्पुर अवस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज कुनै खेल...












