ताजा समाचार

संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद्‌बाट रुस निलम्बित

काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभाले रुसलाई मानव अधिकार परिषद्‌बाट निलम्बित गर्ने निर्णय गरेको छ ।

बिहीबार राष्ट्रसंघको महासभामा भएको निर्वाचनमा ९३ मुलुकले रुसलाई मानव अधिकार परिषद्‌बाट हटाउने पक्षमा मतदान गरेसँगै रुस मानव अधिकार परिषदबाट निलम्बित भएको हो ।

मतदानपछि राष्ट्रसंघका लागि रुसका सहायक स्थायी प्रतिनिधि जेनाडी कुजमिनले यो कदम ‘नाजायज र राजनीतिक पूर्वाग्रही’ कदम भएको टिप्पणी गर्दै रुस मानव अधिकार परिषदबाट बाहिरिएको घोषणा गरेका छन् ।

युक्रेनी सहर बुचामा भएको मानव अधिकार उल्लंघनको घटनालाई लिएर संयुक्त राष्ट्रसंघले यो निर्णय गरेको थियो ।
संयुक्त राष्ट्रसंघमा रुसलाई निलम्बन गर्ने प्रस्तावमा ९३ देशले समर्थन गरेका थिए।

यस्तै, २४ वटा देशले विपक्षमा मतदान गरेका थिए। ५८ देश मतदानमा अनुपस्थित रहे। यो मतदानमा भारत र नेपाल तटस्थ रहेका थिए । चीन भने निलम्बनको बिपक्षमा उभिएको थियो ।

युक्रेनमाथि रूसले २४ फेब्रुअरीमा आक्रण गरेको थियो।युक्रेनले रूसको सैनिकमाथि बुचा सहरमा सयौं नागरिकलाई मारेको आरोप लगाएको थियो।

रुसलाई मानव अधिकार परिषद्‌बाट हटाउनका लागि प्रस्ताव अमेरिकाले ल्याएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org