ताजा समाचार

हर्कबहादुर विष्णुमाया मेमोरियल ल कलेज अन्तरगत आयोजीत फुटबल प्रतियोगितामा ४ ल कलेज सेमिफाइनलमा

काठमाडौं। दोस्रो हर्क बहादुर विष्णुमाया मेमोरियल अन्तर ल कलेज स्तरिय फुटबल प्रतियोगिता आज सेमिफाइनलमा पुगेको छ।
चक्रबर्ती हबि एजुकेशन एकेडेमी (कलेज अफ ल) द्धाारा आयोजित हर्क बहादुर विष्णुमाया मेमोरियल ल कलेज अन्तरगत स्तरिय फुटबल प्रतियोगिता आज सेमिफाइनल मा पुगेको हो।
खेलमा नेपालमा रहेका ल कलेजबाट छात्र तर्फ ७ टिम र छात्रा तर्फ ६ टिमको सहभागिता रहेको छ। खेलको सेमिफाइनलमा छात्र बाट काठमाडौं युनिभर्सिटी स्कुल अफ ल र नेपाल ल क्याम्पस , आयोजक चक्रबर्ती हबि एजुकेसन एकेडेमी (कलेज अफ ल) र नेसनल ल कलेज पुगेका छन्।
भने फाइनलमा छात्रा बाट पृथ्वीनारायण क्याम्पस र काठमाडौं युनिभर्सिटी स्कुल अफ ल पुगेको आयोजक कमिटीका संयोजक सुदिप थापाले बताउनु भयो।
खेलको सेमिफाइनल आज हो भने फाइनल भोली १ बजे देखि मध्यपुर खेलकुद मैदानमा हुदै छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org