ताजा समाचार

हर्कबहादुर विष्णुमाया मेमोरियल अन्तर ल कलेज स्तरिय फुटबलको उपाधि केयुएसएललाई

काठमाडाै । दोस्रो हर्क बहादुर विष्णुमाया मेमोरियल अन्तर ल कलेज स्तरिय छात्र/छात्रा फुलबलको उपाधि `काठमाडाै युनिभर्सिटी स्कुल अफ ल´ ले हात पारेको छ ।
चक्रवर्ती हबि एजुकेशन एकेडेमी(कलेज अफ ल)द्वारा आयोजित हर्क बहादुर विष्णुमाया मेमोरियल अन्तर ल कलेज स्तरिय फुलबलमा छात्र तर्फ काठमाडाै युनिभर्सिटी स्कुल अफ ल´ले नेशनल ल कलेजलाइ ३-१ले हराउदै विजेता र छात्रा तर्फ पनि काठमाडाै युनिभर्सिटी स्कुल अफ ल´ले पृथ्वीनारायण क्याम्पस पोखरालाइ १-०ले हराउदै काठमाडाै युनिभर्सिटी स्कुल अफ ल´ विजेता र पृथ्वीनारायण क्याम्पस उपविजेता भएको हो ।
छात्र तर्फ उत्कृष्ट खेलाडी कुशुम थापा, उत्कृष्ट डिफेन्डर अविजित अधिकारी, बेष्ट किप्पर राकेश बम, धेरै गोल गर्नेमा अतिश श्रेष्ठ र छात्रा तर्फ उत्कृष्ट खेलाडी अविज्ञा शर्मा, बेष्ट डिफेन्डर मोनिका मोक्तान, बेष्ट किप्पर विनिता कार्की भएकी छिन ।
प्रतियोगितामा विजेताले ५१ हजार नगदसहित मेडल प्रमाणपत्र र उपविजेताले २५ हजार नगदसहित मेडल प्रमाण पत्र प्राप्त गरेका छन ।
प्रतियोगितामा नेपाल रहेका ल कलेजबाट छात्र तर्फ ७ टिम र छात्रा तर्फ ६ टिमले सहभागिता जनाएका छ ।
जसमा नेपाल ल क्याम्पस ,काठमाडाै स्कुल अफ ल, काठमाडाैँ युनिभर्सिटी स्कुल अफ ल, पृथ्वीनारायण क्याम्पस पोखरा र आयोजक चक्रबर्ती हबि एजुकेसन एकेडेमी ए , बि गरी छात्र तर्फ ७ र छात्रा तर्फ ६ टिम रहेको छ ।                                                   

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org