ताजा समाचार

पोखरामा गठबन्धनले गर्‍यो उम्मेदवारी दर्ता, गठबन्धनबाटै दाेस्राे बागीको उम्मेदवारी !

कास्की । पोखरा महानागरपालिकामा सत्तारुढ गठबन्धनले मेयर उपमेयरको उम्मेदवारी दर्ता गरेको छ ।

गठबन्धनबाट मेयरमा एकीकृत समाजवादीका धनराज आचार्य र उपमेयरमा कांग्रेसकी कोपीला रानाभाटले आज उम्मेदवारी दर्ता गरेका हुन् ।

यस्तै, महानगरको मेयरमा गठबन्धनबाट दाेस्राे बागी उम्मेदवारी परेकाे छ । कांग्रेसबाट मेयर दाबी गरेका ऋषि सापकाेटाले मनाेनयन दर्ता गरेका हुन् ।

उनी कांग्रेस कास्कीका पूर्व कोषध्यक्ष हुन् । सापकोटा नेपाली कांग्रेस कास्कीका २०५४ सालदेखि २०६४ सालसम्म कोषाध्यक्ष थिए । गठबन्धनका नाममा कांग्रेसका कार्यकर्तालाई अरु दलकाे चिह्नमा मत हाल्न बाध्य पारेकाले आफूले उम्मेदवारी दिएकाे सापकाेटाले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org