ताजा समाचार

माछापुच्छ्रे ४ लाहाचोकमा २३ वर्षीय अधिकारी वडा अध्यक्षका उम्मेदवार

पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं ४ लाहाचोकमा एक २३ वर्षीय युवाले वडा अध्यक्षको टीकट पाएका छन् ।       नेकपा माओवादी केन्द्रबाट अहिले स्नातक पढ्दै गरेका चिरञ्जीवी अधिकारीलाई टिकट दिएको हो । अधिकारीले हिंजै निर्वाचन कार्यालयमा उमेदवारी दर्ता समेत गराइसकेका छन् ।
उमेदवारी दर्ता पछि अधिकारीले आफू नेपालकै कान्छो वडा अध्यक्षको उमेदवार भएको दाबी समेत गरेका छन् । कानूनका विद्यार्थी समेत रहेका अधिकारीले आफ्नो जित सुनिश्चित भएको बताएका छन् ।                                                                 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org