ताजा समाचार

मोरङमा चार हजार ८५६ जना उम्मेदवार

मोरङ । आसत्र स्थानीय तहको निर्वाचन–२०७९ का लागि मोरङ जिल्लामा सबै पालिकामा सौहार्द्रपूर्ण वातावरणमा राजनीतिक दलका प्रतिनिधि एवं स्वतन्त्र उम्मेदवारहरुले आ–आफ्ना उम्मेदवारको मनोनय दर्ता सम्पत्र गरेका छन् ।

सो क्रममा सबै पालिकाहरुमा प्रमुख पदसहित सबै पदमा गरी चार हजार ८५६ जनाले उम्मेदवारी दिएको प्रमुख निर्वाचन अधिकृतको कार्यालय मोरङले जनाएको छ ।

प्राप्त जानकारीअनुसार एक महानगरपालिका र छवटा नगरपालिका रहेको मोरङमा विराटनगर महानगरपालिकामा प्रमुख उपप्रमुखसहित ७५४, लेटाङ नगरपालिकामा प्रमुख उपप्रमुखसहित १६१, सुन्दरहरैचामा प्रमुख–उपप्रमुखसहित ३१३ , बेलबारी नगरपालिकामा प्रमुख–उपप्रमुख सहित २९९, पथरीशनिश्चरे नगरपालिकामा प्रमुख–उपप्रमुखसहित २८०, उर्लाबारी नगरपालिकामा प्रमुख–उपप्रमुखसहित २९४, रङ्गेली नगरपालिकामा प्रमुख–उपप्रमुखसहित २८६, सुनवर्षी नगरपालिकामा प्रमुख–उपप्रमुखसहित २७६, रतुवामाई नगरपालिकामा प्रमुख–उपप्रमुखसहित २४९ गरी कूल तीन हजार १९२ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै, गाउँपालिकातर्फ केराबारी गाउँपालिकामा अध्यक्ष, उपाध्यक्षसहित १९०, मिक्लाजुङ गाउँपालिकामा अध्यक्ष उपाध्यक्षसहित २४७ , कानेपोखरी गाउँपालिकामा अध्यक्ष–उपाध्यक्षसहित १९०, बूढीगङ्गा गाउँपालिका अध्यक्ष–उपाध्यक्षसहित १९१, ग्रामथान गाउँपालिकामा अध्यक्ष–उपाध्यक्षसहित १९५, कटहरी गाउँपालिकामा अध्यक्ष–उपाध्यक्षसहित २०४, धनपालथान गाउँपालिकामा अध्यक्ष–उपाध्यक्षसहित १८२ र जहदा गाउँपालिकामा अध्यक्ष–उपाध्यक्षसहित २६५ गरी कूल एक हजार ६६४ जनाले उम्मेदावारी दिएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org