ताजा समाचार

मुख्यमन्त्री शाहीद्वारा इदको शुभकामना

काठमाडाैं । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व इद (इद उल फित्र)का अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

उनले कर्णालीवासीलगायत देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीलाई विविधतायुक्त नेपाली समाजमा आपसी सद्भाव, मेलमिलाप र भातृत्व अभिवृद्धि भई इदले सम्पूर्ण मौलिक संस्कृतिको संरक्षण, संवद्र्धन र प्रवद्र्धन गराउने उत्प्रेरणा सबैमा जगाओस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।

आज शुभकामना सन्देश जारी गर्दै उनले भनेका छन्, “विविधता नै नेपाली समाजको पहिचान र सामथ्र्य हो । मुलुकमा रहेका अनेकौं, जातजाति, भाषा, धर्म र संस्कृतिलाई एकताको मालामा गाँसेर हाम्रो संविधानले सबैलाई समान अवसर प्रदान गरेको छ । संविधानको यस पवित्र भावनालाई आत्मसात गरी नेपालको राष्ट्रियता र राष्ट्रिय एकताको प्रवद्र्धन गर्नु हामी सबैको साझा कर्तव्य हो ।”

इदले नेपालीहरुबीच राष्ट्रियता एकता र सांस्कृतिक ऐक्यबद्धताको भावना सुदृढ गरी सभ्य, समुन्नत र समृद्ध समाज निर्माणका लागि प्रेरणा पैदा गरोस् भन्दै उनले सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना प्रदान गरेका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org