ताजा समाचार

भुवन केसी, स्वेता खड्का र रविन्द्र खड्का नेपाली कांग्रेस प्रवेश

काठमाडाैं । आसन्न स्थानीय तहको निर्वाचनको पूर्वसन्ध्यामा चर्चित कलाकारहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

चर्चित नायक भुवन केसी, नायिका स्वेता खड्का, कलाकार रवीन्द्र खड्कालगायत आज कांग्रेसमा प्रवेश गरेका हुन् । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले उनीहरुलाई आज पार्टी प्रवेश गराएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा माइती नेपालका संस्थापक एवं पूर्वप्रदेश प्रमुख अनुराधा कोइराला, कांग्रेस नेता समेत रहेका कलाकार नीर शाहलगायत सहभागी थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org