ताजा समाचार

सुनकाे मुल्य प्रतितोला रु छ सयले घटयाे

काठमाडौं ।  सुनचादी बजारमा  आज छापावाला  सुनकाे मूल्य  ६ सय रुपैयाँले घटेर रु ९८ हजार भएकाे छ। अघिलाे दिन बिहीबार सुन प्रतितोला ९८ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो।

नेपाल सुनचादी व्वसायी महासंघले सार्वजनिक गरेकाे विवरण अनुसार आज तेजाबी सुनकाे मुल्य प्रतितोला रु ९७ हजार पाँच सय रुपैँया ताेकिएकाे छ। यसकाे मुल्य अघिलाे दिनमा प्रतितोला  ९८ हजार एक सय रुपैयाँमा खरिद बिक्री भएकाे थियाे।

त्यसतै आज चाँदीकाे मुल्य अघिलाे काराेबार मुल्यकाे तुलनामा सस्ताे भएकाे छ र प्रतितोला १२ सय ८० रुपैँया ताेकियकाे छ भने बिहिबार १३ सय ५ रुपैँया खरिद बिक्री भएकाे  महासंघले जनाएको छ।

आज अन्तर्राष्ट्रिय बजारमा  सुनको मूल्य घटेर प्रतितोला १८ सय ६६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org