ताजा समाचार

असिम राई दोश्रो पटक गाउँपालिका अध्यक्षमा विजयी

सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ । गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका असिम राई ४ हजार ४९ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका वीरबहादुर गुरुङले ३ हजार ५११ मत प्राप्त गरे । नेकपा एमालेका उम्मेदवार आङबाबु राईको १ हजार ६०१ मत ल्याएका छन् ।

उपाध्‍यक्षमा पनि नेकपा माओवादी केन्द्रकै सविता राई ३ हजार ८०० मत ल्याएर विजयी भएकी छन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी एककुमारी कार्कीले ३ हजार ५२३ मत ल्याएकी छन् ।

राई थुलुङ दूधकोशी गाउँपालिकाको अध्यक्षमा दोश्रो पटक निर्वाचित भएका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org