ताजा समाचार

२१ वर्षीय युवा गाउँपालिका अध्यक्षमा निर्वाचित

वीरगञ्ज । पर्साको कालिकामाई गाउँपालिका अध्यक्षमा जनता समाजवादी पार्टी नेपाल (जसपा) र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

अध्यक्षमा निर्वाचित वशिष्ट गुप्ता २१ वर्षीय युवा हुन् । उनले भारतको देहरादुनबाट बीबीएसम्म अध्ययन गरेका छन् । राष्ट्रिय जनता पार्टी (जसपा) बाट निर्वाचन लडेका बशिष्ट कुमार आफ्ना निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका ४२ वर्षीय अजयकुमारलाई १०८ मत अन्तरले पराजित गरेका हुन् ।

बशिष्ट कुमारले ३ हजार ७१९ मत ल्याए भने अजयकुमारले ३ हजार ६०५ मत ल्याए ।

कांग्रसकी राजमती जसपाकी उम्मेदवार सहानी खातुनलाई १ सय ११ मतले हराउँदै विजयी भएकी हुन् । राजमतीले ३ हजार ९८२ मत ल्याएकी छन् । जसपाकी खातुनले ३ हजार ८५९ मत ल्याएको निर्वाचन कार्यालयले जनाएको छ ।

५ वटा वडा रहेको गाउँपालिकाको ३ वटा वडाध्यक्षमा जसपा, एक/एक वटामा एमाले र कांग्रेस विजयी भएको छ ।

वडा नम्बर १ मा जसपाका लालबाबु चौरसिया, २ मा एमालेका सोनालाल चौरसिया, ३ मा जसपाका संजय पटेल, ४ मा कांग्रेसका सञ्जय साह र ५ मा जसपाकै जयनारायण पटेल विजयी भएका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org