‘ब्यूटी प्याजेन्ट’ बलात्कार प्रकरणमा शीघ्र अनुसन्धान गर्न सरकारलाई संसदको निर्देशन
काठमाडाैं । प्रतिनिधिसभाको बैठकले ‘ब्यूटी प्याजेन्ट’ बलात्कार प्रकरणमा शीघ्र अनुसन्धान गर्न सरकारलाई निर्देशन दिएको छ ।
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले उक्त प्रकरणको शीघ्र अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन सरकारलाई निर्देश दिएका हुन् ।
कांग्रेस सांसद गगन थापाले उक्त घटनाबारे कुरा उठान गरेका थिए । ८ वर्ष पुरानो बलात्कार प्रकरणमा तत्काल अनुसन्धान गर्न माग गरेका थिए । थापाको ध्यानाकर्षणपछि सभामुख सापकोटाले सरकारलाई यस्तो निर्देशन दिएका हुन् ।
‘माननीयन्यूले राख्नुभएको यौन हिंसा सम्बन्धी विषयमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । सो सम्बन्धमा शीघ्र छानबिन गरी सत्यतथ्य पहिचान गर्न र दोषीलाई कारवाहीको दायरामा ल्याउन सरकारलाई निर्देशन गर्दछु’, सभामुख सापकोटाले भने ।
‘ब्यूटी प्याजेन्ट’ मा भाग लिँदा बलात्कार परेको भन्दै युवतीले भिडियो सार्वजनिक गरेकी छिन् । भिडियो सार्वजनिक भएपछि उक्त प्रकरण सामाजिक सञ्जाल हुँदै संसदसम्म पुगेको हो ।
Comments
अरु समाचार
-
रौतहटमा गोली प्रहार गरी भाग्दै गरेका तीन पक्राउ
काठमाडौं । रौटहटको परोहा नगरपालिका–९ स्थित शिव मनि ट्रान्सफरका सञ्चालकलाई गोली हानी भाग्दै गरेका तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ...
-
उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी अख्तियारमा बयान दिन जाँदै
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारी अन्ततः आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बयानका लागि जाँदैछन् । उनलाई...
-
भागेका थुनुवा पक्रन जाँदा भिरबाट लडेर प्रहरी जवानको मृत्यु
काठमाडौं । भिरबाट लडेर घाइते भएका प्रहरी जवान सोहन चौधरीको मृत्यु भएको छ । आज दिउँसो १२ बजेतिर जिल्ला प्रहरी...
-
धादिङमा चरेश सहित दुईजना पक्राउ
काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ मलेखुबाट प्रहरीले चार किलो पाँच सय ३५ ग्राम चरेश बरामद गरेको छ ।...
-
चिनियाँ नागरिकलाई नागरिकता दिलाएको आरोपमा अधिकृत पक्राउ
काठमाडौं । सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका दुई चिनियाँ नागरिकलाई नेपाली नागरिकता दिलाएको आरोपमा एक अधिकृत पक्राउ परेका...
-
टाटासुमोले ठक्कर दिँदा दुईको मृत्यु, एकजना घाइते
काठमाडौं । महोत्तरीको मटिहानी जनकपुर सडकखण्डमा भारतीय टाटासुमोले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्...
-
चितवनकी शालिनको बलात्कार नभएको पोष्टमार्टम रिपोर्ट
काठमाडौं । शिशु निकेतन बोर्डिङ स्कुलको होस्टेलमा मृत फेला परेकी शालिन पोखरेलको बलतकार नभएको अनुसन्धानबाट पुष्टि भएको छ । काठमाडौंको...
-
मोरङमा सवारी दुर्घटनामा परेर तीनको मृत्यु, दुई जना घाइते
काठमाडौं ।मोरङमा सवारी दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गको बेलबारी सडक खण्डस्थित वडा नम्बर १ र...
-
अछाममा जङ्गली बँदेलको आक्रमणबाट एक वृद्ध घाइते
काठमाडौं । अछाममा जङ्गली बँदेलको आक्रमणबाट एक वृद्धा घाइते भएका छन् । आज दिउँसो कमलबजार नगरपालिका–७ बस्ने ६६ वर्षीय वृद्धा...