ताजा समाचार

छात्रामाथि दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

काठमाडौं । चाबहिलको सेन्ट लरेन्स कलेजका शिक्षकलाई छात्रामाथि दुर्व्यहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

शिक्षक जनार्दन अधिकारीलाई दुर्व्यवहार गरेको आरपमा प्रहरी वृत गाैशालाले पक्राउ गरेको हो ।

‘आफूले भनेअनुसार गरे सहयोग गर्ने’ भन्दै शिक्षक अधिकारीले छात्रामाथि दुर्व्यवहार गरेको आरोप लगाउदै विद्यार्थी आन्दोलित भएका थिए ।

विद्यार्थीको आन्दोलनपछि प्रहरी वृत्त गाैशालाले छलफलका लागि भन्दै विद्यार्थीका अभिभावक र शिक्षक अधिकारीलाई बोलाएको थियो । त्यसपछि प्रहरीले उनलाई त्यहि नियन्त्रणमा लिएर राखेको हो ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी सुदिप गिरीका अनुसार जाहेरी आइनसकेका कारण घटनाबारे विस्तृतमा भन्न नसकिने र जाहेरी पश्चात विस्तृत विवरण सार्वजनि गर्ने जना ।

पक्राउ परेका शिक्षकलाई कारबाहीको माग गर्दै विद्यार्थीहरुले प्रहरी वृत्त गौशालाबाहिर प्रदर्शन गरिरहेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org