ताजा समाचार

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक अधिकारी पुरस्कृत

काठमाडौं । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारी पुरस्कृत भएका छन् ।

स्थानीय निर्वाचनलाई त्रुटिरहित एवं शान्तिपूर्ण सम्पन्न गराउन प्रभावकारी भूमिका खेलेको भन्दै बागमती प्रदेश कार्यालय हेटौंडाले एसपी अधिकारीलाई पुरस्कृत गरेको हाे ।

एसपी अधिकारिलाइ प्रदेश कार्यालय हेटौंडाका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) पूजा सिंहले पुरस्कृत गरेकी हुन् । उक्त अवसरमा अधिकारीले जिल्लाको शान्ति सुव्यवस्था कायम राख्नुका साथै पाएको जिम्मेवारीलाई इमान्दारी ढंगबाट निर्वाह गरेकोले पुरस्कृत गरिएको जनाइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org