ताजा समाचार

हल अगाडी प्रदर्शनपछि एफक्युबले रोक्यो ‘कबड्डी ४’ को प्रदर्शन

काठमाडाैं । एफक्युबले चलचित्र कबड्डी ४ को प्रदर्शन रोकेको छ ।

कबड्डी चलचित्रकी नायिका समेत रहेकी मिरुना मगरले बाैद्धमार्गीको भेषमा रहेका फुर्वा लामालाई झापड हानेको विषयमा विवाद चर्किदै गएपछि भएको आन्दोलनका कारण एफक्युबले चलचित्रको प्रदर्शन रोकेको हो ।

केएल टावरस्थित एफक्युबले स्थिति सामान्य नबनेसम्मका लागि भन्दै चलचित्रको प्रदर्शन रोकेको हो ।

लामामाथि मिरुनाले दुर्व्यवहार गरेकाले सार्वजनिक रुपमा माफी माग्नुपर्ने र निसर्त रिहाईको माग गर्दै केएल टावर अगाडि प्रदर्शन भएको थियो । अहिले प्रदर्शनकारीको टोली सिभिल मलतर्फ लागेको जनाइएको छ ।

मिरुनाले आफूमाथि लामा भेषका लामाले संवेदनशील अंगमा छोएको भन्दै सिभिल मलमा झापड हान्दै प्रहरीको जिम्मा लगाएकी थिइन् ।

लामालाई प्रहरी हिरासतमा राखेपछि चलचित्र कबड्डी ४ को प्रदर्शन रोक्न र मिरुनालाई सार्वजनिक रुपमा माफी माग्न माग गर्दै प्रदर्शन सुरु भएको हो । अहिले सामाजिक सञ्जालमा कबड्डी ४ चलचित्र बहिस्कार अभियान नै सुरु गरिएको छ ।

प्रदर्शनमा सहभागीहरुले लामालाई रिहा गर्न माग गरेका छन् । आन्दोलित केहीले फिल्मको पोस्टरसमेत जलाएका छन् । उनीहरुले लामा निर्दोष भएको भन्दै मिरुनाले माफी माग्नुपर्ने माग राखेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org