ताजा समाचार

कांग्रेस अहंकारी बन्ला भन्ने चिन्ता छः प्रचण्ड

एमालेजस्तै कांग्रेसलाई ठेगान लगाउनु नपरोस्

काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कांग्रेस अहंकारी बन्ने र ठेगान लगाउनुपर्ने होकी भन्ने चिन्ता लागेको जनाएका छन् ।

स्थानीय तहको चुनावी जितका आधारमा कांग्रेसको अ‌हंकार बढ्न सक्ने भन्दै त्यस्तो भए कांग्रेसलाई पनि एमालेकै जस्तो हालत बनाइदिने चेतावनी दिएका छन् ।

पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूलाई बुधबार काठमाडौंमा प्रशिक्षण दिने क्रममा दाहालले कांग्रेस अहंकारी होला कि भन्ने चिन्ता बढेको बताएका हुन् ।

‘कांग्रेसलाई माओवादीले बडो मिहिनेत गरेर प्रधानमन्त्री बनायो तर एमालेको जस्तो अहंकार गर्‍यो भने हामीले कांग्रेसलाई एमालेलाई जस्तै ठेगान लगाउन नपरोस्,’ प्रचण्डले भने,’कांग्रेस अहंकारी होला कि भन्ने चिन्ता छ ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org