ताजा समाचार

गठबन्धन सकारद्वारा प्रस्तावित २० राजदूत मध्ये ढकालको ‘एग्रिमो’ स्वीकृत

काठमाडाैं । गठबन्धन सरकारद्वारा विभिन्न २० मुलुकमा सिफारिस गरिएका प्रस्तावित राजदूतमध्ये नरेशविक्रम ढकालको सहमति पत्र (एग्रिमो) स्वीकृत भएको छ ।

प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि परराष्ट्र मन्त्रालयले सम्बन्धित मुलुकहरुमा एग्रिमोका लागि पत्राचार गरेको थियो । कतारस्थित नेपाली दूतावास स्रोतले कतारका लागि राजदूत सिफारिस ढकालको ‘एग्रिमो’ स्वीकृत भइसकेको पुष्टि गरेको छ ।

कतारका लागि सिफारिस भएका राजदूत ढकाल राजनीतिक भागबण्डाको आधारमा नेपाली कांग्रेसको कोटाबाट राजदूत सिफारिसमा परेका व्यक्ति हुन् ।

यसअघि उनी कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीको सामाजिक सल्लाहकारमा प्रदेश राज्यमन्त्री सरह सुविधा पाउने गरि नियुक्त भएका थिए । उनी सुर्खेतको गुर्भाकोट नगरपालिका-०२, का स्थायी बासिन्दा समेत हुन् ।

ढकालले भारतको श्री सत्यशाही यूनिभर्सिर्टी अफ टेक्नोलोजी एण्ड मेडिकल साइन्सेस मध्यप्रदेशबाट शिक्षामा विद्यावारिधी गरेका छन भने अंग्रेजी र नेपालीबाट स्नात्तकोत्तर गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org