जिसस लमजुङमा एमाले विजयी
लमजुङ । लमजुङको जिल्ला समन्वय समितिमा नेकपा एमालेको प्यानल विजयी भएको छ । जिल्ला समन्वय समितिको प्रमुखमा एमालेका पूर्णबहादुर गुरुङ निर्वाचित भएका छन् ।
तीन नगरपालिकाको मेयर, एक गाउँपालिकाको प्रमुखसहित एक गाउँपालिकाको उपाध्यक्ष जितेको नेपाली कांग्रेसले समन्वय समितिको प्रमुख पदमा बाहेक अरू पदमा उम्मेदवारी दिएको थिएन । तीन गाउँपालिका प्रमुख, दुई गाउँपालिका उपाध्यक्ष, एक नगरपालिका प्रमुख र उपप्रमुख, दुई नगरपालिका उपप्रमुख गरी ९ स्थानमा विजयी एमाले मात्र जिससमा उम्मेदवारी दर्ता गराएको थियो ।
जिल्ला समन्वय समिति लमजुङको प्रमुखमा नेकपा एमालेबाट पूर्णबहादुर गुरुङ र गठबन्धनबाट नेपाली कांग्रेसका मुरली कुमालको उम्मेदवारी परेको थियो । गुरुङले १० मत ल्याए भने कुमालले ६ मत प्राप्त गरेका छन् ।
जिल्ला समन्वय समिति लमजुङको उपप्रमुखमा भने नेकपा एमालेको तर्फबाट बुनाकुमारी रिमाल निर्विरोध निर्वाचित भएकी छन् । सदस्यमा पनि एमालेको मात्र उम्मेदवारी परेपछि सबै सदस्य निर्विरोध भएका छन् ।
समन्वय समितिको खुला सदस्यमा मध्यनेपालका मोहनबहादुर गुरुङ, बेसीशहरका केशरबहादुर खत्री, दोर्दीका शेरबहादुर बोगटी, महिला सदस्यमा मर्स्याङ्दीबाट वविता मजाकोटी, सुन्दरबजारबाट विमला खड्का, मध्यनेपालबाट शारदा साखी र अल्पसंख्यकबाट सुन्दरबजारका गमबहादुर दुराको मनोनयन मात्र परेको मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले बताए ।
Comments
अरु समाचार
-
गण्डकी प्रदेशका मुख्यमन्त्री नियुक्ति विवादको मुद्धा हेर्दाहेर्दैमा, अर्को पेसी वैशाख १७ गते
पोखरा। गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री नियुक्तिसम्बन्धी विवादको विषयमा बहस नसकिएपछि सर्वोच्च अदालतले त्यसलाई हेर्दाहेर्दैमा राखेको छ । न्यायाधीश सपना प्रधान...
-
गण्डकी प्रदेश सरकारविरुद्धको रिटमाथिको सुनुवाइका कारण १९ मुद्दा स्थगित
काठमाडौं । गण्डकी प्रदेश सरकारविरुद्धको रिटमाथिको सुनुवाइका कारण १९ मुद्दा स्थगित भएका छन् । सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल...
-
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त
काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता खगराज अधिकारी नियुक्त भएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको...
-
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमालेका अधिकारीको दाबी पेस
काठमाडौं । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्रीमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रदेशसभा संसदीय दलका नेता खगराज अधिकारीले दाबी पेस गरेका छन्...
-
गण्डकीमा सरकार गठनका लागि ७ दिनको समय
पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरिएकाे छ । बुधवार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएपछि प्रदेश...
-
कोशी, बागमती र गण्डकी प्रदेशको केही पहाडी भूभागमा हल्का वर्षा
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जनाएको...
-
शाइन रेसुंगा बैंकलाई फेरि ‘बेष्ट म्यानेज्ड डेभलपमेन्ट बैंक अवार्ड’
बुटवल । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले बेष्ट म्यानेज्ड डेभलपमेन्ट बैंक २०२४ अवार्ड जितेको छ । न्यू बिजनेश एज प्रालिले काठमाडौंमा...
-
प्रधानमन्त्रीले पर्सि पोखरालाई ‘पर्यटकीय राजधानी’ घोषणा गर्ने
काठमाडाैँ । पोखरालाई देशकै पर्यटकीय राजधानी घोषणा गरिने भएको छ। पोखरालाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार पर्यटकीय राजधानी घोषणा गर्नेछन्।...
-
गण्डकी प्रदेशसभाको चालु अधिवेशन आकस्मिक रुपमा अन्त्य
काठमाडौं । गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरिएको छ। प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले अधिवेशन शुक्रबार राति १२...