ताजा समाचार

रातो बंगला र एभरेष्ट एजुकेशनबीच सीप र प्रविधि सहकार्य गर्न सम्झौता

विराटनगर । निजी क्षेत्रका लागि प्रदेश १ कै अग्रणी संस्थाको रुपमा स्थापित विराटनगरको एभरेष्ट एजुकेशन फाउण्डेसन र काठमाडौंको रातो बंगला फाउण्डेसनबिच प्रविधि र सीप विकासमा सहकार्य गर्ने सम्झौता भएको छ ।

सम्झाैतापत्रमा रातो बंगला फाउण्डेसनकी अध्यक्ष डा. शान्ता दिक्षित तथा एभरेष्ट एजुकेशन फाउण्डेसनका प्राचार्य टिकाराम पुरीले हस्ताक्षर गरेका छन् । सम्झाैता अनुसार आगामी तीन वर्षसम्म सीपमूलक शिक्षाको विकासका निम्ति तालिम र प्राविधिक सहयोग आदान प्रदान गरिने जनाइएको छ ।

सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक शिक्षा समेत अध्यापन गराउँदै आएको एभरेष्ट स्कुलले यस वर्षदेखि आफैं पाठ्यक्रम बनाएर नैतिक शिक्षाको समेत व्यवहारिक अभ्यास गराउन थालेको छ । प्रविधिको युगमा अध्ययन गर्ने हरेक विद्यार्थी प्रविधिमैत्री हुनुपर्छ भन्ने मान्यता स्थापित गराउन लागेको एभरेष्टले सोहि अनुसारको भौतिक संरचना निर्माणदेखि लिएर शिक्षकहरुलाई समेत प्रविधिमैत्री बनाएको छ ।

हरेक कक्षाकोठामा प्रोजेक्टर र स्मार्ट बोर्डलगायतका प्रविधिको प्रयोगसहि अध्यापन गराउदै आएको एभरेष्ट स्कुलले हरेक शिक्षकले ल्यापटपको प्रयोग गरेर शिक्षण गर्दै आएका छन् ।

देशकै उत्कृष्ट शिक्षणसंस्थाको रुपमा पटकपटक राष्ट्रिय तथा क्षेत्रीय पुरस्कार पाउँदै आएको एभरेष्टले शैक्षिक गुणस्तरका लागि भौतिक पूर्वाधार र प्रविधिमा पनि उसैगरी लगानी गर्दै आएको छ । ‘शिक्षामा गुणस्तरताको विषयमा हामीले सकेसम्म प्रविधिमा आधारित रहेका काम गरिरहेका छाैं । विद्यार्थी किताब जान्ने मात्र हुन्न । उ चरित्रवान र अनुशासनको सीमामा समेत रहन सक्नुपर्छ । जुन कुरा विद्यालयले सहजै रुपमा विकास गर्न सक्छ’, पुरीले भने ।

‘पीजी टु पीजी’ अर्थात प्ले ग्रुप देखि पोष्ट ग्रयाजुएटसम्म एउटै थलोबाट अध्ययापन गराउने लक्ष्यका साथ अघि बढेको एभरेष्टमा अहिले प्ले ग्रुपदेखि स्नातक तहसम्मको अध्ययापन हुँदै आएको छ । सबै कक्षालाई आधुनिक र प्रविधियुक्त बनाएको एभरेष्टका लागि कोरोना महामारीले निम्त्याएको लक डाउन र भर्चुअल कक्षाको अभ्यासले सहयोग पुगेको प्राचार्य पुरीले बताए । उनले भने,‘त्यहि भर्चुअल कक्षाका लागि हामीले हरेक शिक्षकलाई विभिन्न तालिम दियौं, जसले गर्दा आज एभरेष्टका सम्पूर्ण शिक्षक कर्मचारी प्रविधिमैत्री हुनुहुन्छ ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org