ताजा समाचार

आँबुखैरेनी खण्ड अवरुद्ध गरी भित्ता काटिँदै

दमाैली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी खण्डको सडक भासिएको ठाउँमा भित्ता काट्ने कामलाई निरन्तरता दिइएको छ ।

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पावर हाउस नजिक सडक भासिएको ठाउँमा कुनापट्टि भित्ता खन्ने कामलाई आज पनि निरन्तरता दिइएको छ ।

केही दिनदेखि परेको वर्षाका कारण शुक्रबार बिहान सडक भासिएपछि उक्त खण्डमा एकतर्फी मात्रै यातायात सञ्चालन हुँदै आएको छ । सडक डिभिजन कार्यालय दमौलीले अहिले साँझ ५ बजेदेखि यातायात बन्द गरी सडक खन्ने काम गरिरहेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ ।

“५ बजेदेखि यातायात बन्द गरेर काम सुरु भएको छ । करिब दुई घण्टासम्म काम जारी रहँदा यातायात अवरुद्ध हुन्छ”, इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक नीरज डाँगीले भने ।

सडक डिभिजनले बिहानको समयमा ८ बजेदेखि काम सुरु गर्दा केही बेर सडक अवरुद्ध हुने गरेको छ । आज बिहान पनि ११ बजेसम्म सडक अवरुद्ध गरी काम गरिएको छ । काम नगरेको बेला एकतर्फी रुपमा यातायात सञ्चालनको व्यवस्था मिलाइएको छ । सडक भासिएर एकतर्फी यातायात सञ्चालन हुँदा सवारीको चापले गर्दा जाम हुने गरेको छ । उक्त सडक भासिएर कार र मोटरसाइकल खस्दा दुईको मृत्यु भएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org