केही स्थानमा भारी वर्षा
काठमाडौ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशका अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । विभागका अनुसार प्रदेश नं एक, मधेश, बागमती र गण्डकी प्रदेशमा मनसुनी वायुको प्रभाव र अन्य प्रदेशका भू–भागमा स्थानीय वायु तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व–पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ ।
उक्त प्रणालीको प्रभावले प्रदेश १, मधेश, बागमती र गण्डकीलगायत अन्य प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा आंशिकदेखि मौसम सफा भई प्रदेश नं १ का धेरै, मधेश, बागमती र गण्डकीका केही र बाँकी प्रदेशका पहाडी भू–भागका एक वा दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यमवर्षाको सम्भावना रहेको छ । प्रदेश नं एक तथा मधेश प्रदेशको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ ।
रातको समयमा देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १, मधेश, बागमती र गण्डकीका केही तथा अन्य प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौमस पूर्वानुमान महाशाखाले औँल्याएको छ ।
Comments
अरु समाचार
-
लोक सेवा सदनको जग्गा ४३ वर्षपछि सरकारको स्वामित्वमा
झापा । त्रिचालीस वर्षदेखि निष्क्रिय रहेको लोक सेवा सदनको करोडौँ मूल्य पर्ने गौरीगञ्जस्थित ११ बिगाहा जग्गा नेपाल सरकारको स्वामित्वमा कायम...
-
सुर्खेत बस दुर्घटनाः दुईजनाको मृत्यु, २१ घाइते
काठमाडौं । दैलेखबाट सुर्खेत आइरहेको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् ।...
-
सुर्खेत बस दुर्घटना स् दुईजनाको मृत्यु, २१ घाइते
काठमाडौं । दैलेखबाट सुर्खेत आइरहेको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् ।...
-
भारतमा लोक सभाका लागि गरिएको पाँचौ चरणको मतदान हुँदै, मध्यान्नसम्म ३६.७३ प्रतिशत मतदान
काठमाडौं । भारतमा लोक सभाका लागि सोमबार गरिएको पाँचौ चरणको मतदानमा औसत ३६.७३ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ...
-
दैलेखबाट सुर्खेत आइरहेको बस दुर्घटना, कम्तीमा २ जनाको मृत्यु
काठमाडौं । दैलेखबाट सुर्खेत आउँदै गरेको एउटा यात्रु बस वीरेन्द्रनगर नगरपालिका–७ स्थित कटकुवानजिक दुर्घटनामा भएको छ ।सोमबार दिउँसो कर्णाली प्रदेश...
-
राष्ट्रियसभालाई समस्या समाधानको थलोका रूपमा स्थापित गर्नुपर्छः अध्यक्ष दाहाल
काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभालाई राजनीतिक समस्या समाधानको थलोका रूपमा स्थापित गर्नुपर्ने बताउनुभएको छ । सभाको आजको बैठकमा...
-
कलुवापुर–बेलौरी राजमार्गको कालोपत्र गर्ने कार्य अझै अगाडि बढेन
काठमाडौं । कलुवापुर–बेलौरी राजमार्गको कालोपत्र गर्ने कार्य अझै पूरा हुन सकेको छैन । निर्माण व्यवसायीको ढिलासुस्तीका कारण सडक कालोपत्र गर्ने...
-
बारामा दश महिनामा रु दुई करोड ४३ लाख राजस्व सङ्कलन
काठमाडौं । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराले चालु आर्थिक वर्षको १० महिनामा रु दुई करोड ४३ लाख १५ हजारभन्दा बढी...
-
सङ्खुवासभाको सभापोखरीमा चट्याङ लागेर ७२ भेडाको मरे
काठमाडौं । सङ्खुवासभाको सभापोखरी गाउँपालिका–५ फाकुवामा चट्याङ लागेर ७२ भेडा मरेका छन् । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक रामकुमार...