विश्व रक्तदाता दिवसको उपलक्ष्यमा मेडिसिटी बयोधा अस्पतालमा ८७ जनाद्वारा रक्तदान
काठमाडाैं । विश्व रक्तदाता दिवसको उपलक्ष्यमा मेडिसिटी बयोधा अस्पतालमा ८७ जनाले रक्तदान गरेका छन्। जुन १४ लाई संसारभर विश्व रक्तदाता दिवसको रुपमा मनाईने क्रममा मेडिसिटी बयोधा अस्पतालले नेपाल रेडक्रस सोसाईटी, विरगंजको सहयोगमा आयोजना गरेको रक्तदान कार्यक्रमका सशस्त्र प्रहरी, जनपद प्रहरी, विभिन्न संघसंस्था, स्थानीय नागरीक, अस्पतालका कर्मचारीहरुले रक्तदान गरेका छन्।
कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि विरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले रक्तदान जीवनदान भनिए पनि हत्तपत्त मानिसहरु रक्तदान गर्न अभिप्रेरित नहुने भएकोले जनचेतना अभिबृद्धिमा अझ बढी काम गर्नुपर्ने बताए । अस्पतालले आम नागरिकहरुको स्वास्थ्यमा ध्यान दिदै सबैलाई उपचार गर्ने अवस्था सिर्जना गर्नु पर्ने र पैसाको अभावमा विरामीहरुलाई उपचार नगर्ने, पैसा नतिरेका लागि अस्पतालले बन्धकी बनाउने जस्ता कार्यहरु गर्न नहुने उनले बताए । वीरगंजका जनताहरुको स्वास्थ्य अभिबृद्धिका लागि महानगरपालिका सबै प्रकारको सहयोग गर्न तत्पर रहेको मेयर सिंहको भनाई थियो ।
कार्यक्रमको सभापतित्व गरेका मेडिसिटी बयोधा अस्पतालका प्रमुख विजय रिमालले हालै नेपाल मेडिसिटी अस्पताल काठमाडौले नारायणी बयोधा अस्पतालको स्वामित्व ग्रहण गरी अस्पतालको ब्यवस्थापनलाई अझ परिस्कृत गर्दै विरगंजका जनताहरुलाई घरआंगनमै विश्वस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने कार्यमा लागिपरिरहेको जानकारी गराए ।ल्याबसहित मुटुरोगको सम्पूर्ण उपचारका लागि नेपाल मेडिसिटी अस्पतालबाट २४सैं घन्टा विशेषज्ञ चिकित्सकहरुको ब्यवस्था गर्ने योजना रहेको पनि सो अवसरमा उनले बताए ।। अति विशिष्ट र विशिष्ट सेवाहरुलाई विरगंजमै सम्भव बनाउने अभियानलाई साकार बनाउन विरगंजका नागरिक, उद्यमी ब्यवशायी, समाजसेवी, स्थानीय निकाय, स्थानीय प्रशासन एवं स्वास्थ्यकर्मीहरुको सदैव सहयोगको अपेक्षा गरेको अस्पताल प्रमुख रिमालले बताए ।
कार्यक्रममा समाजसेवी तथा उद्योगपति अशोक बैद्य, जिल्ला प्रशासन कार्यालयका प्रमुख प्रशासकीय अधिकृत विनय श्रीवास्तव, सशस्त्र प्रहरीका नायब उपरीक्षक सुमन थापा, श्रीपुर प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक डि.ए. सापकोटालगायतको उपस्थिति रहेको थियो ।
Comments
अरु समाचार
-
इलाम- २ मा एमालेका सुहाङ नेम्वाङले अग्रता बढाउँदै
इलाम । इलाम-२ को उपनिर्वाचनको जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता बढाउँदै लगेका छन् ।फाकफोकथुम गाउँपालिकाको ५ वटा...
-
दाङको राजपुुरमा आगलागी हुँदा २४ घर र १० गोठ जले
काठमाडौं । दाङको राजपुर गाउँपालिका–७ हाडबास गाउँमा आगलागी हुँदा २४ घर जलेर नष्ट भएका छन् । सोही आगलागीले अन्य १०...
-
बझाङ उपनिर्वाचनः दुई वडाको मतगणना सम्पन्न
काठमाडौ । बझाङ–१ (क) मा भएको प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत हाल दुई वडाको मतगणना सम्पन्न भएको छ । जिल्लाको छबिसपाथिभेरा गाउँपालिकाको...
-
वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी
काठमाडौ । नेपालविरुद्धको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी भएको छ । जितसँगै पाँच खेलको प्रतियोगिता १–१ को...
-
मौलिक पुख्र्यौली नाच प्रतियोगिता
काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीमा शनिबार सम्पन्न सर्वाधिक पुरस्कार राशिको मौलिक पुख्र्यौली नाच प्रतियोगितामा अन्नपूर्ण–८ काफलडाँडाको समूह विजयी...
-
नाइजेरियामा दादुराका कारण १९ बालबालिकाको मृत्यु
काठमाडौं । नाइजेरियाको उत्तरपूर्वी राज्य अदामावामा दादुरा सङ्क्रमणबाट हालसम्म कम्तीमा १९ बालबालिकाको मृत्यु भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् ।...
-
बझाङ उपनिर्वाचनः मतगणना सुरु
काठमाडौं । बझाङ प्रदेशसभा १ मा भएको उपनिर्वाचनको मतगणना सुरु भएको छ । मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेका अनुसार सर्वदलीय...
-
मकवानपुरमा डेङ्गु सङ्क्रमित बढ्दै
काठमाडौं । पछिल्लो नौ महिनाको अवधिमा मकवानपुरमा आठ सय ५७ जना डेङ्गु सङ्क्रमित फेला परेका छन् । चालु आर्थिक वर्ष...
-
नेपाललाई जितका लागि १६१ रनको लक्ष्य
काठमाडौं । वेस्ट इन्डिज ‘ए’ले नेपाल सामू जितका लाग एक सय ६१ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन...