ताजा समाचार

न्यायाधीश र वकिलबीच १० करोड लेनदेनको अडियो सार्वजनिक भएपछि न्यायपरिषद् बैठक बोलाइयो

काठमाडाैं । कायम मुकायम प्रधानन्यायाधीश दिपककुमार कार्कीले बुधबार दिउँसो आकस्मिक रूपमा न्यायपरिषदको बैठक डाकेका छन् । न्यायपरिषदका एक सदस्यका अनुसार, दिउँसो साढे १ बजे बैठक छ भनी सबै सदस्यहरुलाई खबर गरिएको हो ।

नेकपा एमालेको कानुन विभाग सदस्य तथा नेपाल बार एसोसिएसनका पूर्वकोषाध्यक्ष रुद्रप्रसाद पोखरेलले काठमाडौंका जिल्ला न्यायाधीश राजकुमार कोइरालालाई सिभिल सहकारीका पूर्वअध्यक्ष इच्छाराज तामाङलाई धरौटीमा छाड्न आग्रह गर्दै १० करोड रुपैयाँ रकम प्रस्ताव गरेको अडियो सार्वजनिक भएपछि कार्कीले न्यायपरिषद्को बेठक डाकेका हुन् ।

सार्वजनिक अडियोमा पोखरेलले तामाङलाई छाड्दा आफ्नो भागमा मात्रै दुई करोड पर्ने र यो मुद्दामा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको समेत साथ रहने उल्लेख गरेका छन् ।

न्यायाधीश कोइराला र अधिवक्ता पोखरेलले तामाङलाई छाड्न गरेको कुराकानीको अडियो न्युज २४ टेलिभिजनले सार्वजनिक गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org