दोर्दीको आइपिओको बाँडफाँट
काठमाडाैं । दोर्दीखोला जलविद्युत् कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको साधारण शेयरको बाँडफाँट गरेको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडको कार्यालयमा आज प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ)को बाँडफाँट भएको हो ।
बिक्री प्रबन्धकका अनुसार कम्पनीले निष्काशन गरेको आइपिओमा कूल १४ लाख ७१ हजार ६६५ जनाले एक करोड ६३ लाख ९७ हजार ११० कित्ता शेयर खरिदका लागि आवेदन दिएका थिए ।
आवेदन दिएकामध्य ८८२ जना आवेदकको आवेदन रद्द भएको र बाँकी १४ लाख ७० हजार ७८३ योग्य आवेदकमध्ये दुई लाख एक हजार ९८६ आवेदकलाई १० कित्ताका दरले गोलाप्रथामार्फत शेयर बाँडफाँट गरिएको छ । त्यसमा बाँकी नौ कित्ता शेयर १० कित्ता भन्दा धेरै माग गरी आवेदन दिएकामध्ये गोलाप्रथाबाट थप नौ जनालाई एकएक कित्ताका दरले बाँडिएको कम्पनीले जनाएको छ ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई छुट्टाइएको शेयर बाँडफाँट गरी बिक्री हुन बाँकी रहेको दुई लाख ९७ हजार ८४० कित्तासहित गरी प्रतिकित्ता रु १०० अङ्कित दरका २१ लाख ९५ हजार ५०९ कित्ता साधारण शेयरको बिक्री खुला गरेको थियो । त्यसमध्ये ६५ हजार ८६५ कित्ता शेयर कम्पनीका कर्मचारीका लागि र एक लाख नौ हजार ७७५ कित्ता शेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरी बाँकी २० लाख १९ हजार ८३९ कित्ता शेयर मात्रै सर्वसाधारण लगानीकर्तामा वितरण गरिएको हो । बाँडफाँटको नतिजा सम्बन्धित कम्पनी, बिक्री प्रबन्धक र सिडिएस एण्ड क्लियरिङ लिमिटेडको वेवसाइट(मेरो शेयर)मार्फत हेर्न सकिने कम्पनीले जनाएको छ ।
Comments
अरु समाचार
-
मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा
चितवन । मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा जारी छ । राष्ट्रिय मुटु तथा फोक्सो समाज (नेशनल हर्ट एण्ड लङ्गस सोसाइटी...
-
अमेरिकी डलर, यूरो र पाउन्डको मूल्य घट्यो
अमेरिकी डलर, यूरो र पाउन्डको मूल्य घट्यो काठमाडौँ । शुक्रबारको तुलनामा शनिबार अमेरिकी डलरका साथै यूरो र पाउन्ड स्ट्रलिङको मूल्यमा...
-
बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको उत्तरतिर र पूर्वमा...
-
आउँदो बिहीवारसम्म मौसम बदली र पानी पर्ने सम्भावना
काठमाण्डौ । आउँदो बिहीवारसम्म नै मौसम बदली र पानी पर्ने सम्भावना रहेकाले मौसमविद्ले मुख्यगरी धानखेती गरेका किसानलाई सतर्कता र सावधानी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
सहकारीको रकम हिनामिना छानबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ सहित)
काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिनिधि सभाले छानबिन...
-
राष्ट्रपतिसमक्ष वित्त आयोगको प्रतिवेदन पेस
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन...
-
रुपा चक्रपथ दोस्रो खण्डको शिलान्यास
काठामाडौं । रुपा गाउँपालिकामा निर्माणाधीन चक्रपथको दोस्रो खण्डको शिलान्यास गरिएको छ । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारी र गण्डकी...
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सम्हाल्ने गरी...