ताजा समाचार

नहरमा मृत फेला

काठमाडौं। कञ्चनपुरको बेदकोट नगरपालिका– ७ का ५५ वर्षीय लवदेव जोशी आज स्थानीय नहरमा मृतावस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमले जोशी मृतावस्थामा महाकाली सिँचाइको नहरमा भेटिएको बताए।

“अहिले महाकाली प्रादेशिक अस्पतालमा शव परीक्षणका लागि राखिएको छ”, प्रहरी निरीक्षक बमले भने, “घटनाबारे विस्तृतमा अनुसन्धान हुँदैछ ।” मृतकका आफन्तले दिएको जानकारीअनुसार जोशी सोमबार साँझदेखि घर फर्किएका थिएनन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org