ताजा समाचार

अर्थमन्त्री शर्मालाई नीतिगत भ्रष्टाचारमा अख्तियारले मुद्दा चलाउनुपर्छः भट्टराई

काठमाडौं । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले अर्थमन्त्री जनार्दन शर्मालाई नीतिगत भ्रष्टाचारमा अख्तियारले छानबिन गरि मुद्दा चलाउनुपर्ने जनाएका छन् ।

अर्थमन्त्रालयमा बजेट निर्माणको क्रममा अनाधिकृत व्यक्तिको प्रवेशबारे मागिएको सीसीटिभि फुटेज ‘मेटिएको’ जवाफ दिएपछि उनीमाथि नीतिगत भ्रष्टाचारमा छानबिन गरि मुद्दा चलाउनुपर्ने जनाएका हुन् । भने, नेता भट्टराईले अर्थमन्त्रीले करका दरमा गरेको हेरफेरका कारण अनाधिकृत व्यक्तिको प्रवेश प्रमाणित भइसकेको दाबी समेत गरेका छन् ।

‘अर्थ मन्त्रालयले भनेछ जेठ १४ गतेको सीसीटीभी फुटेज मेटियो।’ उनले भने ‘त्यसो हो भने अब फुटेज तीन महिनासम्म सुरक्षित राख्नुपर्छ भन्ने कानुनको वाध्यकारी व्यवस्थाको बर्खिलाप गर्ने अर्थ मन्त्रालयका कर्मचारीमाथि राजश्वका दर हेरफेर गर्ने मतियारका रुपमा कारबाही हुनुपर्दछ । ’

सीसीटिभि फुटेज कम्तिमा तीनमहिना सम्म सुरक्षित राख्नुपर्ने प्राबधान सीसीटीभी जडान तथा सञ्चालनसम्बन्धी कार्यविधि २०७२ मा रहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org