ताजा समाचार

नबिल र नेपाल बंगलादेश बैंकको एकीकृत कारोबार हुने

काठमाडौं । नबिल र नेपाल बंगलादेश बैंकले असार २७ गतेबाट एकीकृत कारोबार सुरु गर्दैछन् ।

नबिल बैंकको नामबाट एकीकृत कारोबार हुने भएकाे हाे । दुई बैंकको जेठ ७ गते सम्पन्न सभाले एक्विजिसन प्रस्ताव पारित गरेकाे थियाे । केन्द्रिय बैंकले यी दुई बैंकको एक्विजिसनको लागि असार १५ गते अन्तिम स्वीकृति दिएको थियो ।

नेपाल बंगलादेश बैंकको १०० कित्ता सेयर हुनेले एक्विजिसनपछि बन्ने नबिल बैंकको ४३ कित्ता सेयर पाउनेछन् । नबिल बैंकले केही दिन पहिले मात्रै बंगलादेशका निवर्तमान प्रमुख कार्यकारी अधिकृत (सीइओ) ज्ञानेन्द्र ढुंगानालाई सीइओ नियुक्त गरिसकेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org