ताजा समाचार

बुद्धिचाल महासंघको अध्यक्षमा विदुरप्रसाद र उपाध्यक्षमा वाइसीएल नेता सुबोधराज निर्वाचित (नतिजासहित)

काठमाडौं । नेपाल बुद्धीचाल महासंघको सातौं साधारणसभाबाट विदुरप्रसाद गौतम अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् ।

काठमाडौंमा रहेको होटल एलो प्यागोडा जमलमा जारी बुद्धिचाल महासंघको सातौं साधारणसभामा ३ उपाध्यक्षका लागि ५ जना र ३ खुल्ला सदस्य पदका लागि ७ जनाबीच प्रतिष्पर्धा भएको थियो । उपाध्यक्षमा धन बहादुर बोगटी, सुबोधराज सेर्पाली र नारायणदास गमाल निर्वाचित भएका हुन् । उनीहरु क्रमश ५९, ५५ र ५२ मत ल्याएर निर्वाचित भएका हुन् ।

सेर्पाली नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा वाइसीएल नेपालका सह-संयोजक समेत हुन् ।

यस्तै, महासचिवमा धरमबहादुर लामा, सचिवमा मोनालिसा खम्बु, भुपेन्द्र निरौला र उमेश केसी निर्विरोध निर्वाचित भएका हुन् । भने, कोषाध्यक्षमा ज्ञानेन्द्र महर्जन, सहकोषाध्यक्षमा यज्ञप्रसाद पन्त निर्विरोध निर्वाचित भएका हुन् ।

खुला ३ सदस्यमा कृष्णप्रसाद सिग्देल, प्रविन बहादुर भडेल र रामकिसोरसिंह पराग क्रमश ४३, ३४ र ३२ मत प्राप्त गरेर निर्वाचित भएका हुन् ।

समावेशीबाट सदस्यमा प्रदेश १ बाट दिपेन राई, मधेश प्रदेशबाट सुरेन्द्र कुमार साह, बागमती प्रदेशबाट निरन्जन प्रजापति, महेश्वर अधिकारी, चन्द्रमणी गैरे, शक्तिराम बुढा, गोपाल प्रसाद श्रेष्ठ र महिलामा पार्वति श्रेष्ठ निर्विरोध निर्वाचित भएका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org