ताजा समाचार

राजीनामा लगत्तै पुबुदु क्यानडाको प्रशिक्षकमा नियुक्त

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकबाट राजीनामा घोषणा गरेको दुई घण्टा नबित्दै पुबुदु दसानायके क्यानडाको प्रशिक्षक नियुक्त भएका छन् ।

उनलाई प्रशिक्षक नियुक्त गरेको जानकारी क्रिकेट क्यानडाले सामाजिक सञ्जालबाट दिएको छ । उनी दोस्रो पटक क्यानडको प्रशिक्षक नियक्त भएका हुन् । श्रीलंकाको राष्ट्रिय टिमबाट खेलेका पुबुदु अहिले क्यानडाका नागरिक हुन् ।

नेपाली टिमबाट राजीनामा दिएको केही बेरपछि नै पुबुदु आफ्नो राष्ट्र क्यानडाका मुख्य प्रशिक्षक नियुक्त भएको क्रिकेट क्यानडाले जनाएको छ ।

नेपाल क्रिकेट संघ क्यानसँग नेपाल टिममा दोस्रो कार्यकालका लागि गत मंसिरमा दुई वर्षे सम्झौता गरेका उनले बुधबार पत्रकार सम्मेलन गरी उनले पद छाडेको जानकारी दिएका हुन् । उनले राजीनामाको घोषणा गरे लगत्तै क्रिकेट क्यानडाले उनी प्रमुख प्रशिक्षक नियुक्त भएको घोषणा गरेको हो ।

काठमाडौंमा भएको पत्रकार सम्मेलन पुबुदुले घर परिवारलाई समय दिनका लागि अब एक वर्ष क्यानडामा नै बस्ने बताएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org