ताजा समाचार

मलाई चुनाव हराएर जनताले एक वर्ष नपुग्दै पछुतो मानेका छनः ओली

काठमाडाैं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूलाई चुनाव हराएर जनताले एक वर्ष नपुग्दै पछुतो मानेको जिकिर गरेका छन् ।

पार्टीको दमक नगर कमिटी कार्यालयमा विहीबार अगुवा कार्यकर्ताहरूसँग अन्तरक्रिया गर्दै अध्यक्ष ओलीले २०६४ को निर्वाचनको सन्दर्भ उठाएका हुन् ।

त्यसबेला आफूलाई हराएर यहाँका जनताले एक वर्ष नपुग्दै गल्ती गरिएछ भनेर पछुतो मानेको अध्यक्ष ओलीको तर्क थियो । यस्तो प्रवृत्ति स्थानीय निर्वाचनमा पनि देखिएको उल्लेख गर्दै उनले भने, ‘गल्ती कहिले कहिले हुन्छ तर पटकपटक दोहोरिनु हुँदैन । अबदेखि त्यस्तो गल्ती नदोहोरियोस् भन्न चाहन्छु ।’

अध्यक्ष ओलीले पार्टीलाई राष्ट्रिय राजनीतिको मियोका रूपमा स्थापित गर्ने बताए । उनले कार्यकर्तालाई प्रश्न गर्दै भने, ‘राष्ट्रिय राजनीति एमालेको पक्षमा भइरहँदा स्थानीय तहको निर्वाचनमा दमक नगरपालिकामा पार्टीले हार्नुको कारण के हो ?’ उनले अरुलाई जिताएर आफैं अपमानित र लज्जित हुने काम नगर्न कार्यकर्तालाई निर्देशन दिए ।

पार्टीको दमक नगर कमिटी कार्यालयमा अगुवा कार्यकर्ताहरूसँग अन्तरक्रिया गर्दै अध्यक्ष ओलीले राष्ट्रिय राजनीति एमालेको पक्षमा भइरहँदा स्थानीय तहको निर्वाचनमा दमक नगरपालिकामा पार्टीले हार्नुको कारण के हो भनेर कार्यकर्तालाई प्रश्न गरे ।

यस पटक दमकमा विरोधीलाई फाइदा पुग्ने काम भएको चर्चा गर्दै अध्यक्षले अर्कालाई जिताएर आफै अपमानित हुने र लज्जित हुने काम नगर्न कार्यकर्तालाई निर्देशन दिए । ‘हामीले व्यक्ति उठाउने होइन, पार्टी उठाउने हो’ अध्यक्षले भने ‘पार्टीले व्यक्तिलाई निर्देशित गर्ने हो नेतृत्व गर्ने हो ।’ सबैले पार्टीको सिद्धान्त र नीति बुझ्नुपर्ने अध्यक्ष ओलीको भनाई छ ।

उनले आफू पार्टीलाई एकढिक्का बनाउने अभियानमा लागिरहेको वताउँदै आगामी दिनमा गल्ती नदोर्याउन र पार्टीले जित्ने गरी काममा लाग्न कार्यकर्तालाई निर्देशन दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org