ताजा समाचार

काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका चार जना मृत फेला

काठमाडौँ । काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका चार जना मृत फेला परेका छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी जनक भट्टराईले एकै परिवारका चार जना मृत अवस्थामा उनीहरुको शव फेला परेको पुष्टि गरे ।

प्रहरी टोली पुगेर घटनास्थल सुरक्षित गरिसकेको एसएसपी भट्टराईले जनाए । उनका अनुसार त्रिवि शिक्षण अस्पतालबाट फरेन्सिक विशेषज्ञको टोली पनि घटनास्थलमा पुगेको छ ।

मृत्यु हुनेमा श्रीमान–श्रीमती र दुई छोराछोरी रहेका प्रहरीले जनाएको छ । मृतकहरूको सनाखत हुन बाँकी छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org