ताजा समाचार

मतदाता नामावली संकलन भोलिदेखि स्थगित हुने

काठमाडौं । सरकारले निर्वाचनको घोषणा गरेसंगै मतदाता नामावली संकलन भोलिदेखि बन्द हुने भएको छ ।

सरकारले प्रदेश र प्रतिनिधिसभाको निर्चाचन मंसिर ४ मा गर्ने निर्णय गरेसंगै मतदाता नामावली संलकन स्थगित हुने भएको हो ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले शुक्रबारदेखि मतदाता नामावली संकलन स्थगित हुने न्युजनेपाललाई बताए ।

आयोगले हाल देशभरका जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय आदि ठाउँबाट फोटोसहितको मतदाता नामावली संकलन गरिरहेको छ । चुनाव घोषणा गरेपछि मतदाता नामावली संकलन स्थगित गर्ने प्रचलन छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org