ताजा समाचार

प्रधानमन्त्रीको परराष्ट्र मामिला सल्लाहकारमा अरुण सुवेदी नियुक्त

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको परराष्ट्र मामिला सल्लाहकारमा अरुणकुमार सुवेदी नियुक्त भएका छन् ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सुवेदीलाई परराष्ट्र मामिला सल्लाहकारमा नियुक्त गरेको हो । सुवेदी भूराजनीतिक मामिलामा जानकार हुन् ।

पहिले नेविसंघको राजनीतिमा सक्रिय सुवेदी पछिल्लो समय व्यवसायमा संलग्न छन् ।

उनले पोखराको नयाँ पुलदेखि मुस्ताङको मुक्तिनाथसम्मको केवलकार परियोजना अघि बढाइरहेका छन्। यो परियोजना बनेपछि नेपालको सबैभन्दा लामो केवलकार हुनेछ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org