ताजा समाचार

सामान्य घट्यो सुनचाँदीको भाउ

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि सुनचाँदीको भाउ सार्वजनिक गरेको छ । महासंघका अनुसार आज सुनचाँदीको मूल्य घटेको छ ।

बिहीबार सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले घटेको हो । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार नौ सय रुपैयाँ कायम भएको छ ।

तेजावी सुनको मूल्य प्रतितोला ९५ हजार चार सय रुपैयाँ तोकिएको छ ।

आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर ११ सय ९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org