ताजा समाचार

बढ्यो सुनको मूल्य

काठमाडौं । सुनको मूल्य प्रतितोलामा ३०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुन प्रतितोला ३०० रुपैयाँले बढेर ९५ हजार ३०० मा किनबेच भइरहेको छ । मंगलबार छापावाल सुनको मूल्य ९५ हजार रुपैयाँ थियो ।

बुधबार ९४ हजार ८०० रुपैयाँ मूल्य रहेको तेजाबी सुनको ९४ हजार ५०० मा किनबेच भएको थियो ।

बुधबार चाँदीको मूल्य ५ रुपैयाँले बढेर १ हजार १६५ रुपैयाँ पुगेको छ । मंगलबार यसको मूल्य १ हजार १६० रुपैयाँ थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org